बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एउटै विद्यालयका ४ जुम्ल्याहा पनि एसईई दिँदै

एउटै विद्यालयका ४ जुम्ल्याहा पनि एसईई दिँदै


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८१, शनिबार

नवलपुर/ जिल्लाको कावासोती नगरपालिकास्थित सिद्धार्थ आवासीय माध्यामिक विद्यालयबाट ४ जुम्ल्याहा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका छन् । यस विद्यालयबाट ८४ परीक्षार्थी परीक्षामा सहभागी भइरहेका छन् ।

परीक्षार्थीमध्ये कावासोती–२ का रिया र रितीमा सापकोटा, कावासोती–८ का राम र लक्ष्मण अधिकारी, कावासोती–३ का साइमन र सक्षम गुरुङ र कावासोती–३ कै रष्टिका र युनिका क्षेत्री गरी चार जुम्ल्याहा परीक्षामा सहभागी भएका हुन् । उनीहरूको परीक्षा केन्द्र शिव नमुना माध्यमिक विद्यालयमा रहेको छ ।

कक्षा नर्सरीदेखि नै सँगै अध्ययन गरेका यी ४ जुम्ल्याहा विद्यार्थी एकापसमा मिल्ने साथी पनि हुन् । सिद्धार्थ आवासीय माविका प्रिन्सिपल भोजराज दाहालले उनीहरु सानैदेखि यही स्कुलमा पढेका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->