बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चौथो रिसेन्ट ट्रेन्ड्स इन साइन्स, टेक्नोलोजी एण्ड इनोभेसन अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

चौथो रिसेन्ट ट्रेन्ड्स इन साइन्स, टेक्नोलोजी एण्ड इनोभेसन अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८१, शनिबार

पोखरा/चौथो रिसेन्ट ट्रेन्ड्स इन साइन्स, टेक्नोलोजी एण्ड इनोभेसन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ। सम्मेलनमा ८ देशका करिब २५० जना सहभागी थिए।

सम्मेलनमा भौतिक विज्ञान, रासायनिक विज्ञान, जैविक विज्ञान, कृषि विज्ञान, पशु चिकित्सा विज्ञान, स्वास्थ्य र चिकित्सा विज्ञान, गणितीय विज्ञान, कम्प्युटर विज्ञान, डाटा विज्ञान, वातावरणीय विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि, र कृत्रिम बुद्धिमत्ता लगायतका विविध क्षेत्रहरूमा कार्यरत अनुसन्धानकर्ताहरूको सहभागिता रहेको थियो ।
सम्मेलनमा विज्ञान, प्रविधि, र नवप्रवर्तनको प्रवर्द्धन गर्दै १२ फरक विषयवस्तुमा आधारित १५ सत्र, ४ कार्यशाला, ६ प्रमुख वक्तव्य, १२ पूर्ण वक्तव्य, १० निमन्त्रित प्रस्तुति, ११० मौखिक प्रस्तुति, र ४० पोस्टर प्रस्तुति सहित कुल १७८ शोधपत्र प्रस्तुत भएका थिए ।

सम्मेलनको समापन समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज के.सी. ले सम्मेलनको महत्त्वपूर्ण योगदानको बारेमा चर्चा गर्दै, विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा ४० वर्षको प्रगति अन्वेषण गर्न पाएको कुरा उल्लेख गरे । उनले सम्मेलनमा भएका प्रस्तुतिहरू, प्यानल छलफल, र अन्तर्क्रियात्मक सत्रहरूले अनुसन्धानको दायरा फराकिलो बनाएको बताए । सम्मेलनको सफल आयोजना र सहभागीहरूको योगदानको प्रशंसा गर्दै, उपकुलपतिले नवाचार र अनुसन्धानमा निरन्तर अगाडि बढ्न प्रेरित गरे । सम्मेलनमा विभिन्न टेक्निकल सत्रहरूमा वैज्ञानिक र प्राविधिक विषयमा छलफल भए । स्वास्थ्य र चिकित्सा विज्ञान सत्रमा संक्रामक रोगहरूको नियन्त्रण र मानसिक स्वास्थ्य जस्ता विषयमा शोध प्रस्तुत गरिएका थिए। जैविक विज्ञान सत्रमा उपचार, नयाँ एन्टिबायोटिकको खोज, र औषधीय यौगिक उत्पादन जस्ता अध्ययनहरू प्रस्तुत भए भने जलवायु परिवर्तन सत्रमा हिमालयमा चरम मौसमी घटनाहरू, बाढी पूर्वानुमान, र नेपालको स्वच्छ पानीको चुनौतीमा विभिन्न अनुसन्धानहरू प्रस्तुत गरिएका थिए ।

त्यसैगरी डिजिटल प्रविधि र साइबरसुरक्षा सत्रमा एआई अनुप्रयोग, यातायात नियम उल्लङ्घन पत्ता लगाउने प्रविधि, र साइबर सुरक्षा में एन्क्रिप्सन प्रविधिको तुलनात्मक अध्ययनका बारेमा चर्चा गरियो। ऊर्जा र पावर प्रणाली इन्जिनियरिङ्ग सत्रमा सोलर(हाइड्रो माइक्रोग्रिड, भूमिगत बिजुली लाइनको व्यवहार्यता अध्ययन, र उच्च(गति डायोड निर्माण जस्ता महत्त्वपूर्ण अध्ययनहरू प्रस्तुत भएका थिए ।
यसका साथै रसायन विज्ञान सत्रमा क्यान्सर उपचारमा हर्बल यौगिकको डिजाइन र औषधीय पदार्थ निष्कर्षणका नयाँ प्रविधिहरूमा छलफल भयो भने सम्मेलनको पोस्टर सत्रमा गर्भाशय क्यान्सर निदान, ज्ञान अभियान, कृषि अपशिष्टबाट स्पाइरुलिना उत्पादन, र नदी जलमा एन्टिबायोटिक–प्रतिरोधी जीवाणु जस्ता विषयमा अनुसन्धान प्रस्तुत गरिएका थिए ।
सम्मेलनको मुख्य उद्देश्य उदयमान र अनुभवी अनुसन्धानकर्ता, विद्यार्थी, शिक्षक, नवप्रवर्तक, उद्यमी, नीति निर्माताहरू र सम्बन्धित सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याई विज्ञान, प्रविधि, र नवप्रवर्तनका क्षेत्रमा भएका उपलब्धिहरू प्रस्तुत गर्नु र भविष्यका दिशाहरूको परिकल्पना गर्नु हो।

सम्मेलन पोखरा विश्वविद्यालयको प्रमुख आयोजनामा, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि एकेडेमीको सह–आयोजन र विश्वविद्यालय अनुदान आयोग, पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त महाविद्यालयहरूसहित ३२ वटा संस्थाको संयुक्त सहयोगमा आयोजना गरिएको हो। सम्मेलनको आगामी संस्करणको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थान पश्मिाञ्चल क््याम्पस लामाचौरलाई सुम्पिएको पोविविका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।
चना अधिकारी

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->