बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रतिभा माविद्वारा १२ कक्षाका विद्यार्थीलाई बिदाई

प्रतिभा माविद्वारा १२ कक्षाका विद्यार्थीलाई बिदाई


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०८१, शुक्रबार

पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई शुक्रबार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो ।

कक्षा ११ का विद्यार्थीको संयोजनमा भएको उक्त कार्यक्रमको विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गर्दै अहिलेका लागि बिदाई गरिएपनि विद्यालयसँगको सम्बन्ध अटुट रहेको बताए । विदाई भई जाने विद्यार्थीलाई शुभकामना दिँदै अध्यक्ष पौडेलले अहिलेको मेहनतले भविश्यमा सफलता हात पर्ने बताए । ‘अबको केही समय विद्यार्थीले मेहनत गर्ने हो भने त्यसको परिणाम भविश्यमा देखिनेछ,’ उनले भने ।

विद्यालयका प्राचार्य किरण सापकोटाले एकपटक प्रतिभा माविसँग सम्बन्ध जोडिएपछि विद्यार्थीको प्रतिभासँगको सम्बन्ध सधैका लागि रहिरहने बताए । प्रतिभामा बिताएको २ वर्षको अवधिले विद्यार्थीलाई मात्र नभई विद्यालयलाई पनि उर्जा मिलेको उनले बताए । ‘बिदाई भई जाने विद्यार्थीले विद्यालयका लागि कहिल्यै नमेटिने उर्जा दिएका छन् । विभिन्न परीक्षा र अतिरिक्त क्रियाकलापमा देखाएको उर्जा र हात पारेको उपलब्धीले विद्यालयलाई योगदान पुगेको छ,’ उनले भने, ‘प्रतिभाका लागि मात्र नभई समग्र मुलुकका लागि पनि प्रतिभा तयार भएका छन् ।’
विद्यालयसँगको औपचारिक यात्रा सकिएपनि विद्यालयसँगको निकटता सधैंका लागि रहिरहने प्राचार्य सापकोटाले बताए । ‘जीवनको जति उचाइँमा पुगेपनि अभिभावक र विद्यार्थीलाई कहिल्यै भुल्नु हुँदैन,’ उनले भने, ‘विदाई भई जाने विद्यार्थी विद्यालयका लागि सम्पत्ति हुनेछन् ।’

परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थीले थप मेहनत गरेर आगामि दिनमा उत्कृष्ट रिजल्ट पस्केनमा आफु आशावादी रहेको उनले बताए ।
कक्षा ११ का विद्यार्थी विशाल खत्रीले भविश्य उज्जवल बनाउनका लागि अग्रजले देखाएको बाटोले आगामी पुस्तालाई सहज हुने बताए । १२ का समीर सुवेदीले प्रतिभाले शिक्षा मात्र नभई जीवन जिउने कला पनि दिएको बताए । विदाई कार्यक्रममा संचालक समिति अध्यक्ष पौडेल, प्राचार्य सापकोटा सहित संचालक सदस्य, विभागीय प्रमुख लगायतले विद्यार्थीलाई विदाई गरेका थिए । उक्त अवसरमा कक्षा ११ का विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम पस्केर मनोरञ्जन पनि दिलाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->