बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मदरल्याण्ड माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई

मदरल्याण्ड माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०८१, शनिबार

पोखरा/ पोखराको मासबारस्थित मदरल्याण्ड माविले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । १२ कक्षाको अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि बिदाई कार्यक्रम आयोजना गरिएको हो ।

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बिदाई कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य डा. नारायण बरालले मदरल्याण्डमा कम्तिमा दुइवर्षको अवधि बितेको र त्यो समयले विद्यार्थीको भविश्यको बाटो देखाउने बताए । ‘कतिपय विद्यार्थीले १५ वर्ष त कतिपयले दुइवर्ष मदरल्याण्डमा अध्ययन गरेका छन् । अबको परीक्षाले विद्यार्थीको जीवनको बाटो कोर्नेछ,’ बरालले भने, ‘विश्वविद्यालयको ढोका बल्ल खुल्न थालेको हो । विश्वविद्यालयको ढोका खुलेसँगै विद्यार्थीको भविश्यको बाटो पनि तय हुनेछ ।’

विद्यार्थीको भविश्य उज्जवल बनाउन विद्यालयले कक्षाकोठामा मात्र पठनपाठन सीमित नराखी ज्ञानको दायरा फराकिलो बनाउँदै बाहिरी ज्ञान दिलाएको पनि प्राचार्य बरालले बताए । ‘विद्यालय शिक्षा बल्ल सकिन थालेको छ । देशका लागि असल र अब्बल नागरिक तयार हुनेगरि मेहतन गरेमा सफल भईनेछ,’ बरालले भने । विद्यालयका एकेडेमीक डिन प्रेमनारायण पोखरेलले जो कोहीले पनि संघर्ष गर्न सक्ने हो भने जीवन उज्जवल हुने बताए । ‘एकाध गल्ती र कमजोरी हुँदैमा जीवनसँग हार खानु हुँदैन,’ उनले भने, ‘कमजोरीलाई सुधारेर अघि बढेमा सफलता हात पर्छ ।’

विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले केहीवर्ष अघिसम्म विद्यालयको अध्ययन पुरा भएपछि विद्यार्थी र विद्यालयबीच सम्बन्ध पनि सकिने गरेकोमा अहिले भने सञ्चार सुविधाका कारण सम्बन्ध रहिरहने बताए ।‘ एकमहिना पछि परीक्षा छ । तर, अबको चारमहिनापछि भविश्य कता जाने भन्ने सुनिश्चित हुनेछ । किनकी आसन्न वार्षिक परीक्षापछि मात्र विश्वविद्यालयको ढोका खुल्नेछ,’ शर्माले भने, ‘विश्वविद्यालयले भविश्यका लागि सक्षम जनशक्ति तयार पार्नेछ ।’

अबको चारमहिना पर्याप्त मेहनत गर्ने हो भने जीवन राम्रो बन्ने शर्माले बताए । विद्यालयले गरेको बिदाई कार्यक्रममा कक्षा ११ का विद्यार्थीले विभिन्न सांगीतिक कार्यक्रम पनि पस्केका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->