विषय प्रवेश
पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ हो । राज्य सञ्चालनका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सहित संवैधानिक निकायहरु पछि चौथो अगको रुपमा पत्रकारिता रहेको विश्वव्यापी मान्यता रहेको छ । प्रिन्ट, रेडियो, टेलिभिजन देखि डिजिटल मिडियासम्मको युगमा नागरिकलाई सत्य र तथ्यमा आधारित भएर सुचनाहरुलाई सचार गराई सुचनाको हक स्थापित गर्नमा महत्वपुर्ण भुमिका रहेको छ । लोकतन्त्रको सशक्तिकरण गर्न, सामाजिक न्याय र समानता प्रर्वद्धन गर्न र सुचना तथा प्रविधिको विस्तार गरी अति उत्तम तरिकाले सोको उपयोग गर्न महत्वपुर्ण स्थान मिडियाको रहेको हुन्छ । सुचना सकलन, विश्लेषण, सम्पादन र वितरणको प्रकियालाई पत्रकारिता भित्र प्रणालीगत गरिकाले समेटन सकिन्छ । पत्रकारिताको उद्धेश्य जनतालाई सत्य, निष्पक्ष र समयमै जानकारी पुरयाउनु पहिलो कर्तव्य हुन आउँछ भनेपनि सामाजिक सञ्जालको बढदो प्रयोग सबैभन्दा पहिला सामाजिक सञ्जालमा प्रकाशित पुरानो समाचार बनेर पत्रपत्रिका र समाचार अनलाइनमा आउने गरेको वर्तमान अवस्था छ । समाचार,विचार, विश्लेषण, अन्तरवार्ता, खोजमुलक रिर्पोट र अन्य मिडियामा प्रशारण तथा प्रकाशन गरी सार्वजनिक गर्नका लागि पत्रकारीतालाई प्रयोग गरिन्छ । सत्यको खोजी र जानकारीलाई प्रत्येक आम जनसमक्ष ल्याइ प्रस्तुत गर्ने कार्य स्वतन्त्र तरिकाले पत्रकारीताले गर्दछ । समाजका विभिन्न लुकेका र ओझेलका पक्षलाई उजागर गर्न, आवाज विहिनहरुको आवाजको सारथी बन्न र जनता र सरकार बीचको सम्बन्धलाई सुदृढ गर्न पत्रकारीताले सदैव मद्धत पुयाउँछ । पत्रकारीतालाई समाचार पत्रकारीता, विश्लेषणात्मक पत्रकारीता, रचनात्मक पत्रकारीता, दृष्टिकोण÷टिप्पणी पत्रकारीता दस्तावेजी पत्रकारीताका रुपमा विभाजन गरेर अध्ययन र ज्ञान लिन सकिन्छ । आदिवासी जनजाति पत्रकारहरुले व्यवसायिक पत्रकारीता भन्दा पनि मिसन पत्रकारीता गरेर अमुर्त र अलिखित रुपमा रहेका कला,सस्कृतिलाई प्रवद्र्धन गरेर बजारीकरण गर्ने, ब्राण्डेड गन,आदिवासीको थातथलो, मुलबासीको बारेमा पैरवी गर्ने काम गरेर भावी पुस्ता र विश्वव्यापी परिवेशमा प्रचार प्रसार गर्न जरुरी भएको छ । हामी कति विकासको दु्रत विकासको मुलप्रवाहमा छौ भन्ने संकेत पत्रकारीताको उपयोग र विकास विस्तारले गरेको हुन्छ ।
नेपालमा आदिवासी जनजाति आन्दोलनको सन्दर्भ
नेपाल बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक र बहुधार्मिक लोकतान्त्रीक संघीय गणतन्त्रात्मक भुपरिवेष्ठीत अल्पविकसीत मुलुक हो । आदिवासी जनजातिहरुले आफनो भाषा, संस्कृति, परम्परा तथा मौलिक परम्परा जोगाउनका लागि लामो समयदेखि योगदान, संगठित भै संंघर्ष गर्दै आएपनि सार्थक र नतिजामुलक दिगो किसिमले उपलब्धी हुन सकेको छैन । आदिवासी जनजातिहरुले आफनो भाषा, संस्कृति, परम्परा तथा पहिचान जोगाउनका लागि विगत देखि नै संघर्ष, आन्दोलन र दबाव स्वरुप कार्यक्रमहरु धिमा गतिमा गर्दै आएको छ । नागरिकमा चेतनाको अभाव र पत्रकारीता पेशामा लगाव कम भएका कारण लिपीबद्ध इतिहास सस्थागत तरिकाले हुन सकेको पाउन सकिदैन । पत्रकारिता भनेको समाजको ऐना हो, जसले समाजका सबै वर्ग र समुदायको आवाज बुलन्द निरन्तर रुपमा गरेर अलिखित र अमुर्त आदिवासी जनजातीहरुको इतिहासलाई प्रमाणिकता र वैज्ञानिकताका आधारमा लेखन गर्न पहिला प्राथमिकतामा राख्नुपर्छ । नेपालको पुरानो इतिहासमा आदिवासी जनजातिहरुको आवाज प्रायः गुमेको थियो र उनीहरुको प्रतिनिधित्वका लागि पत्रकारीता एक प्रमुख माध्यम समेत बनेको अवस्था थिएन । तर सन १९५० को दशकपछि केही सिमित पत्रकारहरु आदिवासी मुद्धाहरुलाई प्रमुख मिडियामा ल्याउन सक्रिय भए । नेपालमा बहुदलीय प्रजातन्त्रको शुरुवात सँगसँगै आदिवासी जनजातिहरुको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पक्षलाई पत्रकारिता मार्फत समाजको विकास र सुखीपन ल्याउनमा ध्यान पुरयाउन थालेको थियो ।
सन् १९९० को दशकमा जनआन्दोलन र लोकतान्त्रिक गणतन्त्रीक आन्दोलनको परिणाम स्वरुप नेपालमा मिडियाहरुको विस्तार भयो । आदिवासी जनजातिहरुको हक र अधिकारका लागि विभिन्न मिडिया संगठनहरुले आवाज उठाए । आदिवासी पत्रकारहरुको सख्या बढदै गयो र सन् २००१ मा नेपालमा आदिवासी पत्रकारहरुको लागि पहिलो संघ ‘नेपाल आदिवासी पत्रकार संघ’ अनिज गठन भै विभिन्न जिल्लाहरुमा क्रियाशिल पत्रकारहरुलाई संगठित गरेर देश व्यापी संगठन विस्तार गर्न सफल भएको थियो । हाल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ अर्थात फोनिज भनेर नाम परिवर्तन भएर आन्दोलन मार्फत मुद्धाहरु प्रस्तुत गर्दै आएको छ । तत्कालीन अनिज अर्थात नेपाल आदिवासी पत्रकार संघको सगठन विस्तारको क्रममा बागलुङमा तत्कालीन कान्तिपुर दैनिकका समाचारदाता तथा भिमगिठे गाउँ विकास समितिका अध्यक्ष, न्यु धौलागिरी दैनिक बागलुङका प्रबन्धक सम्पादक दिपक थापा मगर सस्थापक अध्यक्ष, तत्कालीन दुदिलाभाटी गाउँ विकास समितिका अध्यक्ष गुमानसिंह बुढाथोकी सस्थापक उपाध्यक्ष, त्यस्तै लेखक, कवि न्यु धौलागिरी दैनिक बागलुङका समाचारदाता तथा बागलुङ भकुण्डे धौलेचउर निवासी याम बहादुर थापा मगर सस्थापक सचिव, सदस्यहरुमा राजेशचन्द्र राजभण्डारी, पदम बहादुर थापा मगर (उपाकालिन साप्ताहिक, उदित कुमार थापा मगर लगायतको बागलुङको पहिलो अधिवेशन गरेर काठमाडौमा सहभागी भएर प्रतिनिधित्व गरेको इतिहास तत्कालीन नेपाल आदिवासी पत्रकार संघ अनिजको केन्द्रिय दस्तावेजमा सुरक्षीत हुनुपर्दछ । बागलुङ जिल्लाको जस्तै अन्य जिल्लाहरुको इतिहास र संगठन अभियानलाई शिलशिलाबद्ध गरेर लेखन गरी दस्तावेजीकरण गर्नमा तुरुन्त योजना बनाउनु पर्दछ । म बागलुङ जिल्लामा पत्रकारितामा लागे वापत नेपाल पत्रकार महासंघ शाखा बागलुङको दुई कार्यकाल, नेपाल प्रेस चौतारी नेपालको बागलुङका जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य हुन सफल भएको थिए । त्यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार सघको सस्थापक सचिव, दिल शिरिष अध्यक्ष कार्याकालमा सल्लाकार, संगम घर्ती मगर अध्यक्ष भएको कार्यकालमा केन्द्रिय प्रतिनिध र डम्मर बुढा मगर अध्यक्ष भएको कार्यकाल प्रदेश महाधिवेशन प्रतिनिधि हुने मौका मिलेको छ ।
आदिवासी जनजाति पत्रकारको महत्व
आदिवासी जनजाति पत्रकारहरुको आजको समयमा आफनो समुदायका आवाज र समस्यालाई प्रमुख मिडियामा ल्याउने कार्य गरी समुन्नत समाज निर्माणमा प्रतिनिधित्व गर्नुपर्छ । पत्रकारहरु समानता, न्याय, अधिकार र समावेशीकरण सवालमा आवाज उठाउने सचेत समुदाय हो । समसामयिक मुद्धाहरुको बारेमा उजागर गरी भूमि अधिकार, शिक्षा, स्वास्थ्य र रोजगारको अवसरहरुको असमानता पक्षमा आवाज बुलन्द गर्ने पहरेदार हो । सस्कृति र परम्परा प्रवर्धन गर्दै आफना समुदायको सांस्कृतिक धरोहर र परंम्परा पवर्धनका लागी लेख लेख्ने, मिडिया प्लेटफर्महरु सचालन गर्नुपर्ने हुन्च । मानवअधिकार, सिमान्तकृत समुदायको मुद्धाहरु, भ्रप्टाचार, सामाजिकीकरण, खुला समाज निर्माणमा टेवा, प्रेस स्वतन्त्रतामा अहम महत्व रहेको हुन्छ । दलितका मुद्धा, एकल महिला, अपाङगता, कला र सस्कृतिहरुका बारेमा संरक्षण र प्रवद्र्धनमा टेवा दिनुपर्ने हुन्छ ।
आदिवासी जनजाति पत्रकारको चुनौती
पत्रकारिता पेशा र व्यवसाय आफैमा चुनौती र संवेदनशील बौद्धिक पेशा हो । आदिवासी जनजातिका सञ्चार माध्यमहरु लगानी अभावका कारण निरन्तर प्रकाशन र प्रशारण गर्न नसकेको पाउन सकिन्छ । मुलधारका मिडियामा प्रतिनिधित्वको कमिले गर्दा निर्णयकर्ताको भुमिका पुग्न नसक्नु र आदिवासी जनजातिका विषय र मुद्धाहरुले स्थान नपाउने चुनौती रहेको छ । ठुला ठुला विज्ञापनदाता तथा सरकारी विज्ञापनहरु मुख्यधारका सञ्चार गृहमा सीमित भएर आदिवासी जनजातिले पहुँच पुरयाउन नसकेको अवस्था छ । विज्ञापनको अभावका कारण समुदाय स्तरका स्वतन्त्र मिडियाहरुलाई आर्थिक कठिनाइ निरन्तर परिरहेको छ । आदिवासी जनजाति पत्रकारहरुले राजनैतिक प्रभावका कारण स्वतन्त्र रिपोर्टिङ हुन नसकेको महसुस भएको छ । आदिवासी भाषामा लेखिएका सामाग्रीलाई मुख्यधारका मिडियाले खासै महत्व दिने नगरेको अवस्था छ । डिजिटल पत्रकारीता, डेटा पत्रकारिता र अनुसन्धान पत्रकारीतामा अझै ज्ञान, सीप र दक्षताको अभाव देखिन्छ । नीतिगत निर्णयमा प्रभाव कम भएका कारण राज्यबाट उचित स्रोत साधनको व्यवस्थापन हुन नसकेको पाइन्छ । आदिवासी जनजाति पत्रकारहरुको सख्या सानो छ । तर ओझेलमा परेका पहिचान केन्द्रित विषयवस्तुहरु लथालिगं रुपमा जताततै सर्वत्र रुपमा भएको अवस्था छ । पत्रकारीता पेशा प्रति लगाव बढाई प्रशिक्षण र शिक्षाका कार्यक्रमहरु आवश्यकता अनुसार योजना र कार्यक्रम बनाई क्षमता वृद्धि र विकास गर्नका लागि थप अवसरहरु र नयाँ नयाँ पत्रकार जनशक्ति सिर्जना र उत्पादन गर्नुपर्ने छ । मैत्रीपुर्ण मिडिया साक्षरता बनाई प्रभाव र कार्यविधि बारेमा आदिवासी जनजाति समुदायहरुलाई आधारभुत तरिकाले बुझाउन जरुरी छ । नेपालमा १२५ भन्दा बढी भाषाहरु भएपनि प्रमुख मिडियामा ति भाषा राज्य तहबाट लगानी र संरक्षण नगरेका कारण गुम्ने खतरामा पुगेको छ ।
त्यसैगरी आदिवासी जनजाति पत्रकारीताको समसामयिक मुद्धाहरुमा प्रेस स्वतन्त्रता र सरकारी नियन्त्रणमा बढी मात्रामा लगानी भएको पाइन्छ । स्थायी आर्थिक श्रोतको अभावमा आर्थिक अस्थिरता र टिकाउ पत्रकारीतामा जेनतेन सचालन भएको पाइन्छ । नेपाली मिडिया हाउसहरु दातृ निकाय, सरकारी विज्ञापन वा व्यक्तिगत लगानीमा पुर्ण निर्भर रहनाले स्वतन्त्र पत्रकारिता गरेर चेतना फैलाउने विषयवस्तुमा कठिनाई भएको छ । सामाजिक सञ्जालको विकराल विस्तारसँगै गलत सूचना ९ ँबपभ ल्भधक ० र तथ्य जाँचको अभावबाट भाइरल तरिकाले व्यापक रुपमा दिग्रमित फैलिने तरिकाले पूर्वाग्राही वा अप्रमाणित समाचार प्रकाशन ÷प्रशारण हुने प्रवृत्तिले सत्य र साँचो समाचार ओझेलमा पर्न थालेको अवस्था छ । पत्रकारहरुमा सुरक्षा र पेशागत अस्थिरता भै धम्की, आक्रमण, मनोवैज्ञानिक यातना र कानुनी कारवाहीको सामना गरिरहेको अवस्था अर्को तिर छ । स्वतन्त्र तरिकाले अनुसन्धानमूलक पत्रिकारिता गर्नमा झन चुनौतीपुर्ण बन्दै गएको छ । सुचना र प्रविधिको विकासले डिजिटलाइजेशनको बढदो विस्तारले र्भचुअल सामाग्री बाढी जस्ते उत्पादन भएकोले परम्परागत मिडियामा पाठकहरुको रुचि घटीरहेको छ । अहिले अखबार र रेडियोले डिजिटल प्रविधिसँग प्रतिस्पर्धा गर्दै घिटीघिटी डाइनोसार लोप भए जसरी अस्तीत्वको लडाई लडिरहेको छ ।
आदिवासी जनजाति पत्रकारको कार्यभार
आगामी दिनहरुमा आदिवासी जनजाति पत्रकारले स्वतन्त्र मिडिया हाउसको स्थापना गरेर मिसन पत्रकारीतालाई आधारविन्दु मानेर व्यावसायिक पत्रकारीताको अभ्यास गर्ने पहिलो कार्यभार हुन्छ । डिजिटल पत्रकारितामा लगानी गरेर अनलाइन मिडिया, युट्युब च्यानल, पोडकास्ट तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै दिगो आर्थिक मोडेल सहकारी पद्धतीमा विकास गर्ने योजना तुरुन्त बनाउनुपर्छ । स्थानीय भाषा,सस्कृति,कला र पुरातात्वीक तथा ऐतिहासिक महत्व बोकेको सम्पत्तिहरुलाई भावी पुस्ता र सारा विश्वलाई प्रचार प्रसार गरेर पर्यटन प्रवद्र्धन गरेर डलरको खेती गर्न सकिन्छ । समुदायका विविध मुद्धाहरुका बारेमा गहिरो अनुसन्धान गरी तथ्यपुर्ण सामाग्री प्रकाशन गर्ने र जसले अन्तराष्ट्रिय स्तरमा गुणात्मक र सख्यात्मक तरिकाले प्रभाव गर्ने गरी अनुसन्धानात्मक मिसन पत्रकारिता गर्नमा बलियो आधार निर्माण गर्नुपर्ने रहेको छ । आदिवासी जनजाति पत्रकारहरुलाई विज्ञापन व्यवस्थापन, डिजिटल मार्केटिङ र मिडिया उद्यमशिलताको व्यवसायिक तालिम र सञ्जाल निर्माण गर्नु कार्यभार रहेको छ । सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरी मिसन पत्रकारीतालाई सबलीकरण गर्दै नीति निर्माणमा भुमिका खेल्ने हुुनपर्दछ । सिप अभिवृद्धि कार्यक्रम गरेर अनुसन्धान पत्रकारिता, डिजिटल रिर्पोर्टिङ तथा डाटा पत्रकारितामा तालिम सन्चालन गरी हराउँदै गएका अमुर्त इतिहास, कला, सांस्कृतिक पक्षमा नविन मोडेल अपनाउनमा धेरै ढिला गर्नुुहँुदैन ।
निचोड
पछिल्लो पुस्ताहरु नेपाल देशमा नै संभावना नदेखेर विदेशमा जानेको लर्को छ । गाउँ बस्तीहरु रित्तीदो छ । जन्मदर न्युन छन । मुलथलो, थातथलो छोड्दै छन् । कृत्रिम बौद्धिकताको प्रयोग बढदो रुपमा बढदै गएको अवस्था छ । नयाँ युवाहरु पत्रकार बन्न रुचि राख्ने सोख नराख्ने जमात बढदो छ । पत्रकारले भन्दा गैरपत्रकारले स्रोत साधनको प्रयोग र अवसरको उपयोग गरेको पाउन सकिन्छ । पत्रकारहरुको अधिवशेन, सम्मेलन, महाधिवेशन लगायतका जमघटमा बल्ल बल्ल प्रतिस्पर्धा विना नै कहर र बल गरेर समितिमा राख्ने तरल अवस्था आएकोले आदिवासी जनजाति पत्रकारहरु अब्बल तरिकाले खोजमुलक पत्रकारीता गर्ने पेशा व्यवसाय गर्ने जनशक्ति निर्माण गर्न आवश्यक भएको छ । साक्षारता दर कम भएको आदिवासी जनजाति समुदायलाई मातृभाषा, नेपाली भाषा, अंग्रेजी भाषा सिकाएर डिजिटलाइसेसनमा लगाब बनाउनमा शिपमुलक तालिम दिनका लागि टोल टोल बस्तीबाट गर्नुपर्छ । अभिलेख व्यवस्थापन नभएका थुप्रै कला, सँस्कृती र परम्परालाई अभिलेखीकरण गर्नमा पत्रकार समुदायले नै नेतृत्व गर्नुपर्ने हुन्छ । पत्रकारिताको मुल्य मान्यता, आचारसंहिता र तत्वहरुको ज्ञान हासिल भएको सैद्धान्तिक र आंगिक विश्वविद्यालयको डिग्री प्राप्त थुप्रै आदिवासी जनजाति पत्रकारहरु हुनुपर्छ ।





