सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चैतेदशैं मेलामा विद्यार्थीको फास्ट फुड सेन्टर

चैतेदशैं मेलामा विद्यार्थीको फास्ट फुड सेन्टर


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०८१, शनिबार

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा अध्यनरत विद्यार्थीले चैत्राष्टमी मेलाको छेकोमा कालिका बाल उद्यानमा फास्ट फुड सेन्टर संचालन गरेका छन् । शैक्षिक रिसर्च तथा व्यवहारिक सिप विकासका लागि बिविएस तेस्रो वर्ष र विविए पाँचौ सेमेस्टरका विद्यार्थीले फास्ट फुड सेन्टर संचालन गरेका हुन् ।
बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलामा चैत २५ गतेसम्म संचालन गर्ने गरी दुई वटा स्टलमा फास्ट फुड सेन्टर संचालन ल्याएको र त्यसबाट संकलित रकम शैक्षिक रिसर्चका लागि प्रयोग गरिने विविएस तेस्रो वर्षका विद्यार्थी सुदिप घर्ती मगरले जानकारी दिए ।
सेन्टरमा विद्यार्थीहरु आफैंले चिया, मःम, ससेज, यमरी, पकौडा, दुनोट, पानीपुरी, चटपट र अण्डा तरकारी बनाउने गरेको मगरले बताए । बागलुङ भगवती गुठीको आयोजनामा चैत २० गतेदेखि २५ गतेसम्म कालिका परिसरमा मेला चल्ने छ ।
किताबमा पढेका सैद्वान्तिक ज्ञानलाई व्यवहारमा अनुभव गर्न मेला महोत्सवमा फास्ट फुड सेन्टर सञ्चालनमा ल्याएको उनको भनाई छ । मेलामा व्यवसाय संचालन गर्न सोह्र जना विद्यार्थीले तीन हजारका दरले अठचालिस हजार लगानी गरेका छन् । ‘होटल व्यवस्थापनमा क्षमता विकास गर्ने अभ्यास स्वरुप व्यवसाय सञ्चालन गरिएको हो’ मगरले भने ।
क्याप्समा अध्ययनरत विद्यार्थीहरुले व्यवसाय सञ्चालन गर्ने प्रस्ताव राखेपछि दुई वटा स्टल निःशुल्क रूपमा उपलब्ध गराईएको मेला आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->