बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

न्यू ग्यालेक्सी स्कुलमा ‘फुड कार्निभल’

न्यू ग्यालेक्सी स्कुलमा ‘फुड कार्निभल’


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८१, सोमबार

पोखरा/पोखरा ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलमा दुई दिवसीय ‘फुड कार्निभल–२०८१’ सम्पन्न भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको थियो ।

कार्निभलमा कक्षा ११ र १२ का होटल म्यानेजमेन्टमा अध्ययनरत पोखराका नाम चलेका चा तारे होटलमा तालिम प्राप्त विद्यार्थीद्वारा तयार पारिएका विभिन्न ११ प्रकारका खानाका परिकार प्रस्तुत गरिएको थियो ।

कार्निभलको पहिलो दिन कक्षा ५ सम्मका र दोस्रो दिन कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई शैक्षिक पुरस्कार एवं अतिरिक्त क्रियाकलाप पुरस्कार प्रदान गरिएको थियो ।

सो अवसरमा न्यू ग्यालेक्सी ब्याण्ड तथा दक्षिण कोरियाली गायक चोइकोले लाइभ प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यार्थीले लाइभ कुकिङ, फ्रुट कार्भिङ, फेयर बार टेन्डिङ, कल्चर शो, लाइभ म्युजिक र मनोरञ्जनात्मक खेल प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटनमा एनप्याब्सन गण्डकीका अध्यक्ष तिलक अधिकारी र समापनमा हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी सहभागी थिए ।

कार्यक्रम उद्घाटन गर्दै अधिकारीले शिक्षासँगै सीपलाई जोडेर विभिन्न प्रदर्शन न्यू ग्यालेक्सी स्कुलले गरेको भन्दै तारिफ गरे । समापन कार्यक्रममा जैशीले विद्यालयमा व्यवहारिकभन्दा औपचारिक शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

विद्यालयका संस्थापक प्राचार्य डा.रामजी शर्माले स्कुलले विभिन्न गतिविधिमार्फत उपलब्धी हासिल गरेको बताए । विद्यालयका संस्थापक निर्देशक राजु कायस्थले रुचि अनुसारका गतिविधिमार्फत विद्यार्थीलाई सिक्ने अवसर विद्यालयले मिलाउँदै आएको बताए । सहायक प्राचार्य राजेश भण्डारीका अनुसार विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको छ ।

विद्यालयका संस्थापक लक्ष्मीमाया कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा हिसान गण्डकीका कोषाध्यक्ष टुवराज बास्तोला, अभिभावक बद्रीनाथ तिमिल्सिना र कमला वाग्ले, कन्या माध्यमिक विद्यालयका शिक्षक तारानाथ भण्डारी, कार्निभल संयोजक शिक्षक अरुण मानन्धरलगायतले बोलेका थिए ।

२०५१ सालमा स्थापित विद्यालयमा हाल एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ मा मात्रै पाँच १८ विद्यार्थी छन् । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र पर्यटनको पढाई हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->