आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

४७ दिनमै लिफ्टिङ खानेपानी योजना सम्पन्न गरी समुदायलाई हस्तान्तरण

४७ दिनमै लिफ्टिङ खानेपानी योजना सम्पन्न गरी समुदायलाई हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८१, सोमबार

पोखरा/  पोखरा महानगरपालिका वडा नं. २२ कालाबाङ घरेडी गाउँमा लिफ्टिङ खानेपानी परियोजना जम्मा डेढ महिनामै सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।

४३ लाख वढि लागतमा निर्माण गरिएको खानेपानी परियोजनामा गोर्खा वेलफेयर ट्रस्ट नेपाल (जिडब्लुटिएन) को ३८ लाख ८८५ र स्थानिय वासिन्दाको ५ लाख लगानिमा सम्पन्न भएको हो । यो खानेपानी परियोजनाबाट कालाबाङ घरेडी गाउँका १०० घर परिवार प्रत्यक्ष लाभन्वित भएका छन् ।

गन्जेखोलामा भएको ढुंगेधाराको पानी लिफ्टिङ प्रविधिबाट १३ सय ७० मिटर हाइटमा लगी गाउँलेलाई वितरण गरिएको छ । ढुंगेधाराको पानीलाई १० घन मिटर क्षमताको पानी टंकीमा संकलन गरी गाउँको सिरानमा रहेको सिम्लेच्योमा २० घन लिटर खानेपानीको टंकीमा लिफ्टिङ प्रविधिबाट लगिएको गोर्खा वेलफेयर ट्रस्ट नेपाल (जिडब्लुटिएन) अन्तरगत खानेपानी बिभागका प्रोजेक्ट मेनेजर कृष्णबहादुर सुब्बाले वताए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नंं. २२ का वडासदस्य संजिब गुरुङले कालाबाङ घरेडीमा निर्मित लिफ्टिङ खानेपानी योजनाको संरक्षण र संवद्र्धन गरी नमुना बनाउन अनुरोध गर्दै स्थानिय सरकारले आवश्यक सहयोग गर्नुे वताए ।

छहरे न्हेमे कालाबाङ खानेपानी उपभोक्ता समिति अन्तरगतका उपभोक्ताहरुले प्रयोग गर्दै आएको पानी चैत्र वैशाख महिनाको सुख्खा मौसममा खानेपानीको अभाव भएकोमा यो योजनाले उक्त अभावको परिपूर्ति गर्ने अध्यक्ष यामबहादुर गुरुङले वताए । सोही अवसरमा गन्जेखोला कालाबाङ घरेडी लिफ्टिङ खानेपानी उपभोक्ता समितिका सल्लाहकार प्रकाशचन्द्र गुरुङ, निवेदक राजबहादुर गुरुङ लगाएतले गोेर्खा वेलफेयर ट्रस्ट नेपालले खानेपानीमा गरेको लगानीको जति प्रशंषा गरेपनि कम हुने वताएका थिए । उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रम संचालन उपाध्यक्ष ध्रुवराज पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->