पोखरा/ पोखराको बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत्कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न भएको छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो ।
संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्ण मूर्ती महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसकने महत्व,यज्ञको महिमा,हवनको महिमा,कोटिहोम महायज्ञको उदेश्य तलायतको विषयमा जनाए । त्यसको साथै कोटिहोम महायज्ञमा संकलन भएको रकमले खर्च व्यवस्थापन भएर बाँकी रहेको रकमबाट पोखरामा १७ मा रहेको हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि पहल गर्ने पनि उनको भनाई थियो । कोटीहोम महायज्ञको तयारीका लागि पाँच हजार एक सदस्सीय मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञको प्रचारप्रसार लगायतका कार्यहरुलाई तीव्रता दिइएको आयोजकले जनाएको छ ।





