आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखराको वायु प्रदूषण रेड जोनमा, हवाई उडान ठप्प

पोखराको वायु प्रदूषण रेड जोनमा, हवाई उडान ठप्प


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८१, मंगलबार
मंगलवार देखिएको वायु प्रदुषणयुक्त पोखराको आकाश । तस्वीरः रन्जिता शर्मा/ढोरपाटन

पोखरा / दैनिक ३२ उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एउटा पनि उडान भएन । अघिल्लो दिन आइतबार मुस्किलले आधाआधी उडान भएका थिए । यसबाहेक सामान्य समयमा पुरानो विमानस्थलमा १० वटा नियमित उडान हुन्छ भने दर्जनौँ पटक हेलिकोप्टर उडान हुन्छ ।

मंगलबारको सेड्युल पनि ठप्प छ । छेन्दुबाट पोखरामा हुने सिचुआन एयरलाइन्सको चार्टर उडान बुधबारका लागि सरेको छ । बुधबार पनि उडान हुने ग्यारेन्टी छैन । मौसम खराबीका कारण विमानस्थलको तालिका बिग्रिएको हो ।

‘मौसम खराब छ । भिजिबिलिटी नै छैन’, विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले ढोरपाटनसंग भने, ‘आज पनि फ्लाइट सेड्युल ठप्प छ ।’ आजभोलि बिहानको फ्लाइट लगभग स्थगित भएका छन् । जसले गर्दा यात्रुहरू दिनभरि विमानस्थल कुरेर फर्किन बाध्य छन् ।

पोखरामा विमान सुरक्षित उडानका लागि २७ सय र अवतरणका लागि सामान्यतः ३ हजार मिटर भन्दा बढी भिजिबिलिटी आवश्यक पर्छ । तर, हाल दिनभर बाक्लो तुवाँलोले गर्दा भिजिबिलिटी २ हजार भन्दा कम हुन थालेको छ । विमानस्थलका अनुसार कहिलेकाहीँ १ किलोमिटर भन्दा पनि कम हुन्छ ।

‘उडान नहुनुको एक मात्र कारण भिजिबिलिटी हो । केही दिनयता पोखराको भिजिबिलिटी हजार बाह्र सय मिटर छ’, उनले भनिन्, ‘यति कम भिजिबिलिटीमा उडाउन सकिँदैन ।’ उनका अनुसार केही दिन यता पोखराको आकाशमा धुवाँ र धुलोको मात्रा अत्यधिक देखिएको छ ।

अहिले पोखराको वायु गुणस्तर सूचकाङ्क रेड जोनमा पुगेको छ । मंगलबार बिहानैदेखि एक्यूआई १५० भन्दा माथि छ । यो चिन्ताजनक तथ्यांक हो । एक्यूआई ५० सम्म हुनु राम्रो मानिन्छ । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ भने २०० सम्म पुगे अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु जोखिमपूर्ण हो भने त्यसभन्दा माथि पुगेपछि घातक हुन्छ ।

प्रदूषणले घातक हद छुँदासम्म सरकार चुपचाप बसेकोमा डा. अनुप सुवेदीको चिन्ता छ । ‘यस्तो स्वास्थ्यलाई घातक हुने हदसम्म प्रदूषण बढेर स्थिर रहिरहँदा पनि कुनै हतार, व्यग्रता छैन, ओ सरकार १ कति हाइसन्चो हँ ?, उनले भनेका छन्, ‘यो तहको वायु प्रदूषण इमर्जेन्सी मानिनुपर्ने हो है । केही कुरा त तुरुन्तै गरिहाल्नुपर्छ होला नि यस्तो बेलामा, कि पर्दैन ?’ प्रदूषण नियन्त्रणका लागि डढेलो नियन्त्रण, बढी धुवाँ निकाल्ने कारखाना केही समयलाई बन्द गर्नुपर्ने, जीवाश्म इन्धनका गाडीहरू जोर बिजोर गर्नुपर्ने लगायत सुझाव उनको छ ।

उनका अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४८ हजार व्यक्तिको निधन हुन्छ । यो वर्षदेखि तथ्याङ्क अझै बढ्ने सुवेदीले बताए । वायु प्रदूषण नियन्त्रणका लागि बृहत् नागरिक आन्दोलनले विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->