शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी

बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी


  • Dhorpatan News
  • चैत्र २८ २०८१, बिहिबार

काठमाडौं/ नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र विजयी भएका छन् । मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाए ।

महासचिवमा पनि कांग्रेस–एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए । अन्य सबै पदाधिकारीमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् ।  यसैगरी उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएकी छन् ।कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->