आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामा ट्रकको ठक्करबाट कँडेलको मृत्यु

पोखरामा ट्रकको ठक्करबाट कँडेलको मृत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८१, बिहिबार

पोखरा/ पोखराको पृथ्वीचोकमा आज भएको सडक दुर्घटनामा माओवादीका स्थानीय नेता ५३ वर्षीय शिवराज कँडेलको मृत्यु भएको छ । कँडेल सवार स्कुटरलाई ट्रकले ठक्कर दिदाँ उनको मृत्यु भएको हो । कँडेल नेकपा माओवादी केन्द्र पोखरा–१४ का पूर्व अध्यक्ष तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) कास्की जिल्ला समितिका सचिव रहेका थिए ।

ट्रकको ठक्करबाट स्कुटरको पछाडि बसेका कँडेल घाईते भएपछि गण्डकी मेडिकल कलेज लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २३ वर्षीया सुस्मिता कँडेलको हात र घुँडामा चोट लागेको प्रहरीको भनाई छ । उनको उपचार भइरहेको छ । शिवराज र सुस्मिता कँडेल बाबुछोरी हुन । स्कुटरलाई ठक्कर दिने ट्रकसहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->