आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नाबालिकालाई यौन व्यवसायमा लगाउने दुई महिला पक्राउ

नाबालिकालाई यौन व्यवसायमा लगाउने दुई महिला पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८१, बिहिबार

बागलुङ/नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।

नाबालिकालाई ललाईफकाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा तमानखोला खाजाघर संचालन गर्ने तमानखोला गाउँपालिका १ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर सञ्चालक मकवानपुर कैलाश गाउँपालिका ९ स्थायी घर भएकी ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

१६ वर्षीय नाबालिकालाई ४ वर्षदेखि होटलमा राखी ग्राहकसँग पैसा लिई जबरजस्ती यौन कार्यमा संलग्न गराई धन आर्जन गरेको सूचनाको आधारमा विक र भोम्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक (डिएसपी) विजय यादवले जानकारी दिए ।

डिएसपी यावदले पीडितको बयान र जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा बागलुङ जिल्ला अदालत बागलुङबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत वेश्यावृत्तिमा लगाउन नहुने कसूरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->