काठमाडौं / हिंसा मच्चाएर फरार भएका राजावादी आन्दोलनका कमाण्डर दूर्गा प्रसाईंलाई प्रहरीले काठमाडौं ल्याइएको छ। उनलाई झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो।
उनी सँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ। उनलाई बुद्ध एयरको विमानमा शुक्रबार मध्याह्न भद्रपुरबाट काठमाडौं ल्याइएको हो।प्रहरी उनीहरु दुवै जनालाई आजै पक्राउ गरेको जनाएको छ । तर प्रसाईको सचिवालयले भने उनले विहिवार भारतमा आफै पक्राउ दिएको जनाएको छ ।
विमानस्थलमा पत्रकारसंग कुरा गर्दै प्रसाईले सुरक्षाका लागि आफैले पक्राउ दिएको, आफु कत्तिपनि नआत्तिएको र तस्करविरुद्धको लडाई जारी रहने बताएका छन् ।





