शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

विश्व व्यापार संगठनमा अमेरिकाविरुद्ध चीनको उजुरी

विश्व व्यापार संगठनमा अमेरिकाविरुद्ध चीनको उजुरी


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०८१, शुक्रबार

काठमाडौं / अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार महसुल) युद्ध जारी छ। अमेरिकाले चिनियाँ सामानको आयात शुल्क १४५ प्रतिशत पुर्‍याएको छ भने चीनले पनि अमेरिकी सामानमा भन्सार कर १२५ प्रतिशत लगाएको छ।

यसैबीच चीनले अमेरिकी करविरुद्ध विश्व व्यापार संगठनमा अर्को उजुरी हालेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व व्यापार संगठनमा चीनको मिसनले अमेरिकाले लगाएको शुल्कबारे थप उजुरी गरिएको जानकारी दिएको हो।

मिसनले यसअघि फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत भन्सार बढाउँदा पनि उजुरी दिएको थियो। अमेरिकी शुल्क वृद्धिको सामना गरिरहेको कुनै पनि देशले विवाद समाधान गर्न विश्व व्यापार संगठनमा उजुरी गर्न सक्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->