आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्धारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण

१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्धारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८२, मंगलबार

पोखरा/ युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्नो वर्षिकोत्सव मनाउने योजना अनुसार त्यसको अवसरमा वैशाख १ गते पोखरा १७ सितापाइलामा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो ।

सो अवसरमा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले क्लबले पोखरामा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेकाले पोखरा महोत्सवलाई सवै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए । पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बृद्धाश्रमलाई राज्य र सरकारी संस्थाबाट सोचेजस्तो साथ र सहयोग नभइरहदा युनाईटेड क्लब जस्तै संघसंस्थाको सहयोबाटनै आश्रममा आश्रितहरुलाई सहयोग पुगेको बताए । क्लबले अहिले मात्र नभइ यसअघिपनि सहयोग गर्दै आइरहेको बताउदै उनले सामाजिक क्षेत्रमा आफुलाई अब्बल बनाएको बताए । समाज बिकास र समुन्नतिका लागि महिला युवा र जेष्ठ नागरिकले आ आफ्नो ज्ञान शीप र अनुभवलाई प्रयोग गर्नुपर्ने बताउदै उनले जेष्ठ नागरिकको हेरचाह स्याहार गर्ने शीप र ज्ञान सिकाउनका लागि पोखरा बृद्धाश्रमले जापानी प्रबिधिको तालिम पोखरामा भित्रयाउन लागेको बताए । स्वदेश तथा विदेशमा रोजगारी बढ्दै जाने क्रम भएकाले उक्त तालिम उपयोगी हुने उनको भनाइ थियो ।
क्लबका द्धितिय उपाध्यक्ष एवं खाद्यान्न वितरण कार्यक्रम संयोजक सूर्यबहादुर बानियाँले सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लबले नयाँ वर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न सामाग्री वितरण गरी शुरुवात गर्न पाउदा खुसी लागेको बताउदै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताए ।

अध्यक्ष लोकबहादुर थापाले युनाईटेड क्लब विशुद्ध सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहदा बिगतमा जस्तै यो वर्षपनि सामाजिक कामबाटै बार्षिकोत्सव कार्यक्रमको थालनी गरिएको बताए । पोखरा बृद्धाश्रम जस्ता संस्थाहरुलाई सम्पूर्ण संघ संस्थाहरुले साथ र सहयोग गर्नुपर्नेमा जोड समेत जोड दिए । क्लबले वार्षिकोत्सवको अवसर पारि वैशाख ३ गते वृहत रक्तदान कार्यक्रमका साथै छिट्टै नै बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने बताए । उक्त अवसरमा क्लवका संस्थापक सदस्य रेशमबहादुर थापाले आश्रमलाई ५ हजार ५ सय नगद प्रदान गरेका थिएभने आश्रममा आश्रित १०९ वर्षिय नन्दलाल दाहाल र ९२ वर्षिय पार्वती पौडेललाई क्लबका अध्यक्ष लोक बहादुर थापाले दोशल्ला ओढाइ सम्मान गरेका थिए ।

१५ औं वार्षिकोत्सव कार्यक्रम संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->