सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बानपा र समानताबीच फोहोर व्यवस्थापन सम्झौता

बानपा र समानताबीच फोहोर व्यवस्थापन सम्झौता


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८२, बुधबार

बागलुङ/बागलुङ नगरपालिकाले उत्सर्जन गरेको फोहोरलाई पुन प्रयोगमा ल्याउने परियोजनामा मंगलबार हस्ताक्षर गरेको छ । समानता अभियान नेपालसँग नगरपालिकाले फोहोर व्यवस्थापनको सम्झौता गरेको हो ।

अभियानका प्रमुख चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले मंगलबार फोहोर व्यवस्थापनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा बागलुङ नगरपालिकाले ५ प्रतिशत र अभियानले ९५ प्रतिशत आर्थिक भार व्यहोर्दै फोहोर व्यवस्थापन गरिने उल्लेख छ । यसका लागि ३६ करोड ७७ लाख रुपैयाँ खर्च हुने सहमति बनेको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि पौडेलले काम गरेर उपलब्धी देखाउने बताए । फोहोरलाई पुनः प्रयोग गरेर स्वच्छ नगरको अभिायनमा साथ दिने बताए । हाल फोहोर फालिएको वडा नंं १ को खुतुर्केमा शुन्य फोहोर अभियान चलाएर व्यवस्थापन गरिने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

फोहोर व्यवस्थापनकालागि चाहिने केही उपचारण र साधन खरिदमा पनि अभियानले लगानी गर्नेछ । फोहोरलाई उपयोगी सामग्री बनाउने काम गरिने पौडेलले बताए । रसियालगायतका नागरिकहरुलाई विज्ञको रुपमा ल्याएर उक्त फोहोर व्यवस्थापनमा काम गरिने उनले जानकारीदिए । फोहोर व्यवस्थापन गर्दा डम्पिङ साइड दुर्गन्धिन नहुने, पुन उपयोग गरेर फोहोरबाटै पैसा कमाउन सकिनेलगायतको लक्ष्य राखिएको छ ।

लामो समयदेखि बागलुङ नगरपालिकाले फोहोर व्यवस्थापनको काम गर्न खोजेपनि दुर्गन्धले सास्ती थियो । मालढुंगा कुश्मीसेरा सडक, कालीगण्डकी नदी र काठेखोला किनार दुर्गन्ध भएकोले स्थानीयले सास्ती खेपेका थिए । अब भने यो सास्ती हट्ने पौडेलले बताए । त्यसबाहेक यो अभियानमा फोहोर व्यवस्थापनको तरिका बारे समाजमा सचेतना अभियान पनि संचालन गरिनेछ ।

बागलुङ नगरपालिकाले यसअघि तीन प्रकारका बाल्टी दिएर फोहोर संकलनको काम थालिसकेको छ । ती फोहोर कसरी संकलन गर्ने भन्ने बारेमा बालबालिकाको इको क्लब गठन गर्ने, अभिभावकलाई सचेतना बढाउने काम पनि गर्ने छ । प्रदूषणरहित नगर बनाउने, बायोग्याँस प्लान्ट निर्माण र फोहोर व्यवस्थापन नजिकै स्विमिङ पुल समेत बनाउने योजनाको लक्ष्य छ ।

२०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहोर फालेको थियो । कुहिने फोहोरलाई केही महिनादेखि कम्पोष्ट मलको रुपमा प्रयोगमा ल्याउन थालिसकिएको छ भने नकुहिने फोहोरलाई अभियानको जिम्मा लगाइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->