व्यवसायमा आईसकेपछि कानुनी परामर्शकोे सुरुवाती वार्तालाप नै वकिल’साप हामीलाई फसाईयोबाट हुन्छ । म आफ्ना पक्षसँग केही सवालजवाफ गरिसकेपछि उसलाई लगाईएको अभियोग तथा मागदावी पढेर तपाईलाई यो बिन्दुमा गल्ती देखाइयो भनिदिन्छु । आरोपित बचाउ गरिरहन्छ हुबहु कानुन कस्ले पालना गरेको छ र मैले गर्दै नगरेको काममा किन यसो गरियो । धेरैको मनोभावना यस्तो देखिन्छ की कानुन नजानेका कारणले मलाई दोषी भन्न मिल्दैन । न्यायलय कानुन मिच्नेहरु कानुनी दायरामा ओगटीई निर्दोषले न्यायको अनुभुती हुने स्थल हो । आरोपितको एउटै प्रश्न हुन्छ यो न्यायलय, कानुन किन हुन्छ वकिल’साप । म सजिलै भनीदिन्छु शान्ती सुरक्षाका लागि । पक्ष थप उत्सुक हुँदै भनिरहन्छ यो नेपालको कानुन दैवले जानुन तेत्रो सुन तस्कर पकड्न नसक्ने सरकारले मलाई अनाहकमा जेल कोच्छ । म झसङ्ग हुन्छु र मनमनै सोच्छु अभियोग लागेर कानुनी दायरामा आएको व्यक्ति पनि कति कन्फिडेन्टीले प्रस्तुत हुदैछ । मनमनै सोच्छु उसमा किन कुनै पश्चाताप अनि हिनताबोध छैन । म आफुलाई सम्हालेर ढुक्क हुनोस् तपाईलाई म सफाई दिलाउँछु भनी सम्झाउँदै गर्दा अभियुक्त भनिरहन्छ – अनि यो मेरो गुमेको इज्जत नि के गर्नुहुन्छ वकिल’साप । अब त मैले समाजको अगाडी कसरी मुख देखाउने, कसरी प्रस्तुत हूने । कहिलेकाहीं अभियुक्तसँग सोच्दै नसोचेका सवालजवाफ चलिरहन्छन् । मुद्दाको प्रक्रियाको दौरानमा अभियुक्त मेरो घरकै सदस्य जस्तो बनिदिन्छ ।
बहसको क्रममा मुद्दाका तथ्यबाहेक बाहिर गएर बोल्नै मिल्दैन यो नै व्यावसायिक आचारसंहिता हो । मुद्दाका पक्षमा के भ्रम हुन्छ भने वकिलले बहसको क्रममा धेरै बोल्यो भने मुद्दा जितिन्छ, धेरै पक्षको एउटै जिज्ञासा हुन्छ – तपाईले यो कुरा बहसमा समेट्नु भएन । मलाई यस्तो लाग्छ उ पुलिस, अदालत, कारागार गर्दागर्दै मभन्दा च्याम्पियन निस्कीएछ । वकिलको बहस त पक्षको प्रतिनिधित्व गर्दै मुद्दाको तथ्यमा रहेर कानुनी सिद्धान्त र प्रावधानहरुको व्याख्या गर्नु हो । अदालतले सजाय निर्धारण गर्दा कसुरको मात्रा र प्रमाणका लेखाजोखाको आधारमा गर्दछ । पक्ष कुनै मुद्दाको विषयमा सजायको दायरामा आयो भने फलानो वकिलले केश नै बिगारदियो समेत भन्न भ्याउँछन् । मुद्दा वकिलले विगार्नेभन्दा पनि प्रमाणको लेखाजोखाको आधारमा फैसला गरिन्छ । तपाईले अलि यस्तो बयान दिनुभएछ भनी प्रश्न गर्छु उ मलाई यो सब फेक हो म्याम मलाई पढ्नै नदिई सिग्नेचर गर्न लगाएका हुन भनिरहन्छ । स्वच्छ र निष्पक्ष सुनुवाई तथा प्राकृतिक न्यायको सिद्धान्तले अपराधी नै भएतापनि पक्षलाई आफ्ना कुरा भन्ने र राख्ने मौका दिएर नै अदालतले निर्णय गर्ने गर्दछ ।
कानुन व्यवसायीहरुको धर्म आफ्नो पक्षको बचाउ सँगसँगै अदालतलाई सहयोग गर्नु पनि हो । तर, पक्षको बचाउ गर्ने बहानामा अदालतलाई गुमराहमा राख्ने कार्य गर्नु पनि एउटा अपराध नै हो । एक सफल कानुन व्यवसायी हुनु भनेको अदालतलाई प्रमाण जुटाउन सघाउँदै सत्यतथ्य पनि उजागर गर्नु हो । जीवनको कुनैकुनै मोडमा बाटो बिराईन्छ, हरेश खाईन्छ थुप्रै आरोह–अवरोह अनि चुनौतीसमेत देखिन्छन् । हरेश अनि आरोह कहिलेकाहीं अपराधमा परिणत हुन्छन् जुन दुखद पक्ष हो । हाम्रो कानुनी अभ्यासमा यसले गल्ती गरेको कारण यसलाई जेल चलान गर्नुपर्छ भन्ने मान्यता छ तर, अभियुक्तले के कारणले किन यस्ता घटना गर्नतर्पm प्रेरित भयो त्यतातर्फ सोच्ने फुर्सद कसैको छैन । न त उसको मनोभावना बुझ्ने काम गरिन्छ, न त उसको पिडालाई सम्बोधन गर्ने कार्य गरिन्छ । कहिलेकाहीं मुद्दाका पक्षका पिडाले कतीसम्म सताउँछ भने म उ सँगसँगै भावनामा बहकिरहन्छु । केही साथीहरुले पक्षले पत्याए त दाम सजिलै आयो नि अनि अपराध भए तपाईले काम पाईहाल्नुभो नि भन्दै खिसी गर्नुहुन्छ । मलाई पक्षको बाध्यता तथा विवशता सम्झेर यो अपराध नै नभए क्या गज्जब हुन्थ्यो, दाम कमाउने त थुप्रै उपाय छन् नि भन्ने लाग्छ । हाम्रो अभ्यासमा आरोपितलाई कारागारको अध्यारो कोठामा थुनेर उसको क्षमता र प्रतिभालई नै खुम्चाउँदै कैदी भत्ताका नाउँमा राज्यका ढुकुटी रित्याउने कार्य मात्रै भएको छ । उसलाई उसको क्षमता अनुसार स्वयसेवकको रुपमा समाजमा पुनस्थापना गर्न अझै सकिएको छैन । कानुन व्यवसायीको हकमा समेत कुनै कुनै मुद्दामा वादी वा प्रतिवादीको तर्फबाट वकालत गर्दै गर्दा सामाजिक सम्बन्धको दायरा समेत विचार गर्नुपर्ने हुन्छ । आफुले साईन गरेको विवादमा आप्mनो नजिकको इष्टमित्र विपक्षीको रुपमा कुनै न कुनै तवरले टच हुन्छ, त्यस्तो अवस्थामा कानुन व्यवसायीको सन्तुलित सम्बन्ध गुम्ने डर पनि हुन्छ । व्यवसायको दौडानमा आउने च्यालेन्ज भनेकै हितैषी सम्बन्धहरु धरायसी हुनु पनि हो ।
हरेक पक्षको एउटै जिज्ञासा हुन्छ कती नबुझ्ने अनी धैरै कुरा राखेर ममाथी आरोप लगाईएको छ । म उसलाई सम्झाउन खोज्छु कानुनको भाषा फरक हुन्छ । उसले प्रतिप्रश्न गर्छ यो सब मलाई फसाउन भैरहेछ । फसाएको भएपनि तपाई म कहाँ आउनुभाछ निर्दोष सावित गराउने जिम्मा मेरो चिन्ता गर्नपर्दैन म सम्झाईहन्छु । निर्दोष बन्नलाई मसँग पैसा र पावर छैन, हामी भुईंमान्छेका कुरा कस्ले सम्बोन्धन गर्छ वकिल’साप । न्यायलय न्याय दिने ठाउँ हो त्यहाँ पैसा र पावरभन्दा पनि कानुनका धारा, उपधारा अनि दफा, उपदफा प्रयोग हुन्छन्, आरोप लाग्यो भन्दैमा हतोत्साही हुनुहुदैन । हामी जस्ता सचेत र शिक्षित मान्छेले न्यायलयलाई सहयोग गर्नुपर्छ म अझै थपिरहन्छु । उ मलाई प्रतिप्रश्न गर्छ तपाई म भएर सोच्नु त वकिल’साप म त केही बोल्नै सक्दिन । आमबुझाई के छ भने नेपालको न्यायलय खतम छ । तर त्यसो हैन न्यायलय सिस्टमेटिक स्थल हो जहाँ संविधानवाद, कानुनको शासन, मानवअधिकार लगायत प्राकृतिक न्यायको सिद्धान्त अवलम्वन गर्दै न्यायपुर्ण समाज स्थापनामा जोड दिईन्छ । समाजका हर घटनाको लेखजोखा गरिने मन्दिर हो न्यायलय । संविधान र कानुनका मर्म र भावनालाई जिवन्त दिने स्थल हो न्यायलय । समाजलाई सिस्टमेटीक रुपमा अगाडी बढाउन न्यायलयको अह्म भुमिका छ ।





