सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाटो ढुकेर लुटपाट गर्ने पक्राउ

बाटो ढुकेर लुटपाट गर्ने पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८२, बिहिबार

बागलुङ/एकान्तमा लुकेर बसी गाउँमा हिंड्दै गरेकी महिलाको नगद लुट्नेलाई प्रहरीले पक्राउ गरेको छ । जैमिनी नगरपालिका वडा नं. २ दमेकका सुबास सार्कीलाई स्थानीय महिलाको ३५ हजार रुपैयाँ नगद लुटेको आरोपमा पक्राउ गरिएको बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

घरदेखि कुश्मीसेरा बजारतर्फ जाने क्रममा दमेकको शिवपुरी जंगलमा पानी खान लाग्दा स्थानीय ३९ वर्षिय माया सापकोटाले बोकेको झोलासहित लुटेर फरार सोही ठाउँका सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पैसा चोरेर फरार सार्की बागलुङ पर्वतको सिमानाकास्थित मालढुंगा प्रहरी चोकपोष्टमा पक्राउ परेका हुन् । प्रहरीले अभियुक्त सार्कीलाई बुधबार सार्वजनिक गरेको हो ।

पीडितको जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर चोरी कसुरमा मुद्दाको तयारी गरेको छ । बैसाख २ गते दिउँसो साँढे ४ बजे सापकोटाको झोलासहित पैसा चोरेर फरार भएका थिए । हुलियाको आधारमा सापकोटाले दिएको जाहेरीको आधारमा प्रहरीले खोजी गरेपछि घटना भएको डेढ घण्टामै अभियुक्तलाई पक्राउ गरिएको यादवले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->