पोखरा /लमजुङको बेसीशहर नगरपालिका–१ उदिपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। स्थानीयका अनुसार बिहीबार बिहान करिब ९स्२० बजे स्थानीय सन्तकुमार श्रेष्ठको पुरानो, मानिस नबस्ने घरमा चितुवा बसेको अवस्थामा देखिएको थियो।
मानिस देखेपछि चितुवा घरबाट निस्किएर नजिकैको झाडीमा पर्यो। चितुवालाई त्यहाँबाट भगाउने प्रयासमा त्यही ठाउँका ६२ वर्षीय मोतिलाल श्रेष्ठले लाठीसहित झाडीमा धकेल्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।
आक्रमणमा परेका श्रेष्ठको दुवै हात र बायाँ खुट्टाको घुँडामा चिथोरिएको चोट लागेको छ। उनलाई उपचारका लागि लमजुङ अस्पतालमा भर्ना गरिएको छ।चितुवा नियन्त्रणमा लिनका लागि प्रहरी हवल्दार बलराम परियारको कमाण्डमा दुई प्रहरी टोली परिचालन गरिएको थियो। वन कार्यालयसँगको समन्वयमा चितुवालाई दिउँसो ३ बजे डिभिजन वन कार्यालय कास्कीले नियन्त्रणमा लिई पोखरा लगेको जनाइएको छ।





