सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

उपल्लाचौरमा सामुदायिक काजक्रिया भवन निर्माण

उपल्लाचौरमा सामुदायिक काजक्रिया भवन निर्माण


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८२, आइतबार

बागलुङ/धार्मिक विधिअनुसार हिन्दु परम्परामा परिवारका सदस्यको मृत्यु हुँदा १३ दिनसम्म काजक्रिया गर्नुपर्छ । सहरी क्षेत्रमा भाडामा बसेका तथा सानो घर बनाएर बसेकाहरुले नित्य क्रिया गर्ने स्थान पाउन गाह्रो छ ।

त्यसैले बागलुङ नगरपालिका वडा नं. ४ को उपल्लाचौर निवासीहरुले चन्दा संकलन गरेर सामुदायिक काजक्रिया भवन बनाएका छन् । २३ लाख लागतमा बनेको भवन शनिबार बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै खड्काले सामुदायिक भवनले समाजमा बस्नेहरुका लागि अधिकतम काम दिने बताए । तीन कोठे भवन बनाउन नगरपालिकाले १ लाख ३६ हजार रुपैयाँ सहयोग गरेको थियो । अन्य सबै बजेट स्थानीयले चन्दा संकलन गरेर बनाएको सामुदायिक काजक्रिया भवन निर्माण समितिका सचिव रामकाजी भण्डारीले बताए ।

यो भवन निर्माण गर्न हरिबहादुर जिसी सन्तोषको अध्यक्षतामा समिति गठन थियो । भवन बनिसकेपछि स्थानीयलाई उपयोगमा दिने र नियमित व्यवस्थापन गर्न स्थानीय बलबहादुर भण्डारीको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति पनि बनेको छ । शनिबारदेखि उक्त भवन उपयोगका लागि खुला समेत गरिएको भण्डारीले जानकारी दिए ।

निर्माण समितिका अध्यक्ष हरिबहादुर जिसी सन्तोषको अध्यक्षता, सचिव रामकाजी भण्डारीको संचालनमा सम्पन्न भवनको दिगोपनाका लािग सबै क्षेत्रको सहयोग चाहिने सरोकारवालाले बताए । कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले पनि शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->