सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तीन दिने पत्रकारिता तालिम सकियो

तीन दिने पत्रकारिता तालिम सकियो


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८२, आइतबार

बागलुङ/नेपाल पत्रकार महासंघको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा संचालित तीनदिने दिगो विकास र वातावरण बिषयक पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न स्थानमा बसेर काम गरिरहेका ४० पत्रकार तथा संचारकर्मीको सहभागिता थियो ।

तालिम समापनका अवसरमा बागलुङ नगरापलिकाका उपप्रमुख राजु खड्काले तालिमले नगरका कार्यक्रमको समाचार रिर्पोटिङमा साथ मिल्ने बताए । साथै उनले आगामी दिनमा वातावरण संरक्षणका मुद्दा पनि अगाडि आउने बताए । साथै निकट भविष्यमा पर्यटन र खेल पत्रकारिता सम्बन्धीतालिम समेत दिएर पत्रकारलाई दक्ष बनाउन पहल गर्ने खड्काले बताए ।

महासंघका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सचिव नारायण रिजालको संचालनमा सम्पन्न समापन समारोहमा वडा नंं ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, महासंघमा पूर्व अध्यक्ष रामबहादुर जिसी, उपाध्यक्ष सिर्जना पन्त, सहभागि लोकेन्द्र सुनार लगायतले मन्तव्य राखेका थिए ।

तालिममा मदनपुरस्कार बिजेता मोहन मैनालीले दुइ दिनसम्म प्रशिक्षण दिए भने आइतबार पूर्व अध्यक्षहरु रामबहादुर जिसी र मुकेशचन्द्र राजभण्डारी तथा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले पनि सहजीकरण गरेका थिए । शनिवार चार समूहले गरेको फिल्ड रिर्पोटिङको प्रस्तुतीकरण समेत भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->