आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कस्केली अधिकृत समाजको शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो लोकार्पण

कस्केली अधिकृत समाजको शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो लोकार्पण


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८२, सोमबार
पोखरा/ कस्केली अधिकृत समाज, कास्कीले नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो लोकार्पण गरेको छ ।
कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष एवम् समाजका आजीवन सदस्य लोकनाथ आचार्य, समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी, सल्लाहकारहरू लगायतले भित्तेपात्रोको संयुक्त रुपमा लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले जीवनलाई सुखी र खुुसी अनुुभूति गराउन सक्नुपर्ने र उर्जाशिल बन्नुपर्नेमा जोड दिए । शरिरलाई कृयाशिल बनाउन सक्नुपर्ने बताउँदै उनले नयाँ वर्षले सबैमा उत्साह ल्याउने विश्वास व्यक्त गरे ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले पछिल्ला समयमा नकारात्मक सोचले समाजमा बढावा पाउने गरेको बताउँदै सकारात्मक सोचको विकास अहिलेको आवश्यकता भएको बताए । समाजले विभिन्न रचनात्मक गतिविधिलाई सञ्चालन गरिरहेको उनको भनाई थियो ।  अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलको सञ्चालनमा भएको कार्यक्रममा सल्लाहकारहरू दुर्गाबहादुर शाह (बाबा), भगवान पन्त, विश्वनाथ पराजुली, प्रेमप्रकाश गौतम, देबेन्द्र केसी लगायतले नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।
समाजले प्रवद्र्धनात्मक भ्रमण गर्ने
कस्केली अधिकृत समाजले यही वैशाख १३ गते लम्जुङ जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको प्रवद्र्धनात्मक भ्रमण गर्ने भएको छ । समाजले प्रत्येक वर्ष पोखरा र आसपासका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरूको प्रवद्र्धनात्मक भ्रमण गरिरहेकोमा यस वर्ष लम्जुङ जिल्लाका विभिन्न धार्मिक एवम् ऐतिहासिक स्थललाई समेट्न खोजिएको सचिव महेश पौडेलले बताए ।
यस वर्षको प्रवद्र्धनात्मक भ्रमणमा इशानेश्वर महादेव मन्दिर कर्पुटार, सुन्दर बजार, भोटेओढार, गाउँशहर लम्जुङ दरबार, अपर मस्र्याङ्दी पावरहाउस, ङादी लगायतका स्थान समेट्न खोजिएको उनले बताए । समाजकै आयोजनामा यस अघिका वर्षमा स्याङ्जा नुवाकोट, बाग्लुङ जिल्लाको पञ्चकोट, बाग्लुङ कालिका मन्दिर, पर्वत तथा स्याङ्जाका डहरे देउराली, अन्धाअन्धी , भालुपहाड लगायतका गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->