काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाकाे पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।




