बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शिक्षकहरुलाई कालिगण्डकी गाउँपालिकाको कडा अल्टिमेटम: ‘१४ गतेसम्म विद्यालय नआए राजीनामा दिनू’

शिक्षकहरुलाई कालिगण्डकी गाउँपालिकाको कडा अल्टिमेटम: ‘१४ गतेसम्म विद्यालय नआए राजीनामा दिनू’


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८२, शुक्रबार

गुल्मी / गुल्मीको कालिगण्डकी गाउँपालिकाले वैशाख १४ गतेदेखि विद्यालय नआउने शिक्षकहरुले राजीनामा दिन निर्देशन दिएको छ । आन्दोलनरत शिक्षकहरुलाई विद्यालय फर्किन आग्रह गर्दै अटेर गरे राजीनामा दिन गाउँपालिकाले निर्देशन दिएको हो ।

शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनले पालिकाभित्रका सबै विद्यालयहरुको अध्ययन अध्यापनमा समस्या परेकोले वैशाख १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुन गाउँपालिकाको अनुरोध छ ।

गाउँपालिकाले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न सबै शिक्षक तथा कर्मचारीहरुलाई अनुरोध गर्दै उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजिनामा दिन तथा सरुवा प्रकृया अगाडि बढाएर जान निर्देशन दिएको गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले जारी गरेको सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->