प्रयोगात्मक नेपाली शब्दकोशमा धर्मलाई यसरी परिभाषित गरेको छ, मानिसहरूले मानिस आएको परम्परा विश्वास त्यससँग सम्बन्धित सम्प्रदाय–हिन्दू धर्म, बौद्ध धर्म, इसाई धर्म, इस्लाम धर्म, वैष्णव धर्म, शैव धर्म आदि । यही जन्ममा वा मरेपछि पनि भलो हुन्छ भन्ने विश्वासले गरिने कर्म–पाठ पूजा, तीर्थ व्रत, पुण्य कर्म–कुनै वर्ण पद जातजातिले गर्नुपर्ने कर्म–कर्तव्य दायित्व वा अभिभारा–उदाहरणको लागि–पुरुष धर्म, नारी धर्म, र गृहस्थ धर्म। असल आचरण सदाचार, नीति नियम मर्यादा र गृहस्थ धर्म–असल आचरण, सदाचार, नीति–नियम मर्यादा । कुनै वस्तु व्यक्ति आदिमा हुने मूल स्वभाव वा प्रकृति सहज गुण–उदाहरणको लागि आगोको धर्म पोल्नु हो भने पानीको धर्म भिजाउनु हो, भन्ने बुझिन्छ ।
आर्य भनेको स्थान, संस्कृति र दर्शन अनुसार फरक हुन सक्दछ । धर्मलाई व्यक्तिका जीवनसँग गाँसिएको समाजमा जिउनको लागि बनाइएका नियम, आस्था, नैतिकता र आध्यात्मिक अभ्यासको रूप हो। धर्म अनातिर अनन्त छन् । हामीले धर्मलाई ईश्वर भक्तिको रूपमा नली परोपकार, सद्भाव, सेवा, सहयोग, प्रेममैत्री, दुःख सुखको साथी आदि । समाजलाई उपयोग हुने खालका मानवीय कार्यका रूपमा बुझ्नुपर्दछ । धर्मका विभिन्न रूपहरू हुन्छन्–
आध्यात्मिक रूप
ईश्वर, आत्म, पुनर्जन्म, मोक्ष वा निर्वाण जस्ता अवधारणा सँग सम्बन्धित हुन्छ, जसले आत्मज्ञान र आध्यात्मिक मुक्ति प्राप्त गर्न मार्गदर्शन दिन्छ ।
नैतिक शिक्षा र सामाजिक रूपान्तरणको रूप
मानव समाजलाई नैतिकता, दयालुता, सदाचार र सामाजिक दायित्वको आदानप्रदान गर्दछ, जसले अहिंसा र सामाजिक न्यायहरूलाई सुरक्षित गर्दछ ।
दर्शन
दर्शन यस्तो एउटा पद्धति हो, जसले संसार मानव सच्चा ज्ञान, नैतिकता र चेतनासँग सम्बन्धित विषयवस्तुको अध्ययन गर्दछ ।
कर्तव्य
कुनै व्यक्ति समूह वा समाजले गर्नुपर्ने आवश्यक जिम्मेवारीलाई व्यक्तिगत, पारिवारिक, नैतिक कानुनी, सामाजिक राष्ट्रप्रति आत्मानुशासन, जिम्मेवारी, परोपकार, सद्गुण, कानुनी नियम र राष्ट्रिय एकता जोगाउनु कर्तव्य हुन्छ ।
वैज्ञानिक रूप
धर्म मानव उत्पत्ति सभ्यताको साथसाथै विकासक्रममा आआफ्नो समाजलाई एकीकृत गरी मनोवैज्ञानिक शक्ति प्रदान गर्ने पढाइलाई वैज्ञानिक धर्मको रूप मानिन्छ ।
संस्कृति
संस्कृति मानव सभ्यताको आधारमा विकास भएको हो । यो संस्कृति अनादि र अनन्त छ। कुनै समाज वा समूहको जीवनशैली, विश्वास, खानपान, बसोबास, हिँडडुल, भाषा, धर्मकला, रीति–रिवाज, सामाजिक संरचना लगायतका दैनिकी सञ्चालनको निम्ति प्रकृतिसँग रहेका रहस्यहरूको निराकरण गरी संस्कृतिको जन्म विकास भएको हो । प्रकृतिले व्यक्तिहरूलाई पहिचान दिन्छ। र समाजमा एकताको भावना सिर्जना गर्दछ। यो अनादि कालका पुस्तौँदेखि हालका पुस्तासम्म हस्तान्तरण हुँदै विकसित र समयअनुसार परिवर्तन भइरहन्छ ।
नेपालमा समूह र भूगोलको आधारमा विविधता थिय, जसमा सिङ्जा संस्कृति, किराँत मुन्दुम संस्कृति, हिन्दू धार्मिक संस्कृति, बौद्ध संस्कृति, इस्लाम संस्कृति आदि । मानव सभ्यताका आधारमा संस्कृतिलाई निम्न तत्वमा वर्गीकृत गरिएको छ, जसले समाजलाई पहिचान दिन्छ ।
परम्परागत संस्कृति
अनादि युगौंदेखि हस्तान्तरण हुँदै आएको परम्परामा आधारित हुन्छ । उदाहरणको लागि तीज, बडा दशैं, दीपावली, लोसार, रमजन, फागु पूर्णिमा, क्रिसमस आदिजस्ता पर्वहरूले समाजलाई जोड्ने काम गर्दछ ।
गतिशीलता
संस्कृति स्थिर हुँदैन, जुन समाज अनुसार परिवर्तन हुन्छ ।
पहिचानको आधार
संस्कृति कुनै समय वा राष्ट्रको पहिचान हो ।
समोजनशीलता
अन्य संस्कृतिहरूसँग मिसिदै नयाँ रूप धारण गर्न सक्दछ । कुनै पनि व्यक्तिले, समूहले या संस्थाले परिवर्तित स्थितिमा आफूलाई सहज रुपमा अनुकूल बनाउने–उदाहरणको लागि कुनै व्यक्तिले नयाँ ठाउँमा गएर छिट्टै त्यहाँको वातावरणमा हुनु वा अप्रत्यासित परिवर्तन हुँदा पनि मानवीय रुपमा रहने ।
सामाजिक रूप
यो रूप अत्यन्तै महत्वपूर्ण हुन्छ । संस्कृति समाजको आधारशील हो । संस्कृति सामाजिक जीवनसँग जोडिएको हुँदा सामूहिक रूपमा योजना बन्दछ । सामाजिक मूल्य र नैतिकता, धार्मिक अवस्था र परम्परा, भाषा साहित्य, कला संगीत र नित्य, धार्मिक आस्था र सामाजिक परिवर्तन र आधुनिकता संयोजन शिलातालाई समाजको गतिशीलता अनुसार परिवर्तनशील रहन्छ ।
आध्यात्मिक र भौतिक रूप
संस्कृतिमा आध्यात्मिक र भौतिकरूप फरक भएपनि एकले अर्कालाई गहिरो रुपमा जोडिएका छन् । कुनै पक्षको मानव समाज, जीवनशैली, मान्यता विचार शैली, धार्मिक आस्था जस्ता ज्ञान र दर्शन, प्राविधिक विज्ञान, साहित्य संगीत, वस्तुकला, ललित कला, भेष–भुसा जस्ता भौतिक तत्त्वहरूसँग सञ्चालित हुन्छ, यसरी नै समाज समृद्धि हुन्छ ।
धर्म र संस्कृतिलाई हेर्ने धारणा
धर्म संस्कृतिलाई हेर्ने र बुझ्ने विभिन्न विचारहरू छन् । धर्मलाई ईश्वर, अध्यात्मिकता पुनर्जन्म क्ष जस्तो तत्त्वहरूसँग हेर्ने विचार अन्तर्गत आस्तिक, नास्तिक, परम्परा दृष्टिकोण, आधुनिक दृष्टिकोण, समाजशास्त्रीय दृष्टिकोण, दार्शनिक दृष्टिकोण, वैज्ञानिक दृष्टिकोण आदि रहेको पाइन्छ । खासगरी दुई किसिमको दृष्टिकोण बढी चर्चामा आएका छन्, जस अनुसार सबै धर्म र संस्कृतिको संरक्षण गर्ने वा तिनको पूर्ण उन्मूलन गर्ने । एउटा व्यक्तिले तिनको हुबहु संरक्षण गर्नुपर्छ। भने अर्को पक्षले तिनलाई समूल नष्ट गर्ने कुरा गर्दछ । नेपालभित्रका विविध लोकसंस्कृति र लोक साहित्यका आधारमा विभिन्न भ्रमहरुमध्ये धेरै प्रयोग हुने रामायण (सीता र राम चरित्र), राधा र कृष्ण चरित्र, शिव पार्वती चरित्र र बुद्ध चरित्रबाट विभिन्न जातजातिका आआफ्ना परम राखिएका छन् जातीय रुपले तल्लो र उपल्लो र छुवाछुत,महिलामाथिको भेदभाव मिथ्या हो । मानिसहरूको अज्ञानता को विचारबाट जन्मेको हो । मानिस सचेत भइसकेपछि रूढीवादी, अन्धविश्वासको अन्त्य हुनु स्वाभाविक छ ।
धर्म र संस्कृतिको सुधार
धर्म र संस्कृति समाजका आधारभूत अङ्ग हुन्, तर समयअनुसार तिनको सुधार गर्न आवश्यक छ । वेद र मनोस्मृति ले विभाजन गरिएका जात–ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र हुन् । मनु स्मृतिका अनुसार हिन्दूहरूको धार्मिक कानुनको आधार ग्रन्थ भएकाले अस्यायन स्त्री र शुद्रलाई वर्जित गरिदिएको छ। शुद्रले पढिहाले भने उसको कानमा पारा पगालेर हालिदिनु भनी दिएको पाइन्छ । एउटै खालका अपराधहरूलाई दण्ड विधान वर्ण हिसाबले फरक फरक रहेको छ । बाहुनलाई कम, त्यसपछि क्षेत्रीलाई, अनि वैश्य सबैभन्दा बढी दण्ड सुद्रलाई तोकिएको पाइन्छ ।
वैवाहिक सम्बन्धमा बाहुन क्षेत्रीले शुद्र कन्यालाई स्वीकार गर्न पाउने तर शुद्रले आफूभन्दा उपलो जातका छोरी लगे स्वीकार्य नहुने तर लगेमा दण्डनीय व्यवस्था रहेको पाइन्छ । राणाकालमा त दाजुभाइ, काका भतिज मार्ने त्यसपछि गुरु पुरोहितले मनोस्मृतिको आधारमा राजालाई चोखिन बाहुनलाई जग्गा वृत्ता दिने, दान दिने र बाहुन खुसी भएपछि राजा पापबाट मुक्त हुने, यस्तो खालको सामन्ती प्रथालाई उखेल्नु परिवर्ति समाजको धारणा छ । अझ पनि गाईभैँसी, बिरालो, कुकुर छुन हुने मान्छे छुँदा छोइछिटो गर्नुपर्ने, सुनपानीले चोख्याउनुपर्ने, यस्ता खालका परम्पराले अझै पनि आंशिक रुप जरो गाडीकै पाइन्छ ।
केही समय अगाडि हिन्दू ब्राह्मणहरूको बीचमा कुखुरा, सोगुर, मदिरापान, तल्लो जात भनिएकाले पकाएको भोजन र अन्तरजातीय विवाह बर्चित थिए । तर अहिले परम्परागत प्रचलन तोडिँदै गएको छ। होटलहरूमा जात र भातको प्रश्न उठ्न छाडेको छ, यसरी धर्म र संस्कृतिको सुधार हुँदै गएको छ ।
सती प्रथा, दास प्रथा जस्ता कुप्रथा हरू एक शताब्दीभन्दा अगाडिसम्म हिन्दु धर्मका प्रमुख अङ्ग थिए । यस प्रथाको विरोध गर्नेहरू धर्मविरोधी हुन्थे, र सधैँ कडा सजाय भोग्नुपथ्र्यो । अहिले त्यस्ता प्रथा लागू गर्नेहरू माथि कडा ज्यान सजाय हुन्छ । यो स्वभाविक परिवर्तन र विकासको रूप हो । अहिले पुरुष मात्र नभइ महिला समेत कमिज, कोट, पाइन्ट कुर्ता, सुरुवाललगायत अन्य कपडा हरू पहिरहनु स्वाभाविक भएको छ ।
केही दशक अगाडि विधुवा महिला सेतो पहिरनमा रहनुपथ्र्यो । विधुवा विवाह बहिष्कृत थियो । तर अहिले आएर परिवर्तित समाज जुनसुकै पोशाक लगाए पनि पहिरिए पनि स्वीकार्य छ । यो परिवर्तनको स्वरूप हो । यस्ता विभिन्न खाले घटना परिघटना घटिरहन्थे । सामाजिक रूपमा समाजले परिवर्तन चाहनु नै अहिलेको मूल सुधारको रूप हो ।
धर्म र संस्कृति समाजका अपहार्य तत्त्व हो, जसले समयअनुसार विभिन्न धर्मका बीच आपसरी, समझदारी, जातीय विरोध अन्त्यको संवाद र आधुनिक शिक्षालाई प्राथमिकता दिने । अन्धविश्वासलाई हटाएर धर्मलाई तर्कसम्मत रुपमा बुझ्ने, धार्मिक अभ्यासलाई सुधार्ने, महिलाहरूलाई अवसरको खोजी गर्ने, जातीय भेदभाव, वर्ण, लिङ्गको भेदभाव अन्त्य गर्ने, समाजमा रहेको छुवाछुत, बालविवाह र अन्य हानिकारक धार्मिक परम्परा निच्छेद गर्ने तथा समाधान र विधिको खोजी गर्ने र युवा पुस्तालाई उचित मार्गदर्शन दिनु अहिलेको निचोड हुन्छ ।
निष्कर्ष
धर्म र संस्कृतिमाथि देखिने, नदेखिने प्रत्येक माथि हमला हुन्छ र प्रतिकार हुन्छ । प्रकृति विकासको यस्तो प्रभावमा गतिशील भइ रहेका तत्वहरूलाई जस्ताको तस्तै संरक्षण खोज्नु मूर्खता हो, जसको छिटो नाश हुनु अनिवार्य छ । सबभन्दा पहिले आफैभित्रको शोषण, सामाजिक विभेद अवसरवादी र विदेशभक्ति अन्धविश्वासलाई निर्मम भएर धर्म र संस्कृतिबाट हटाउनुपर्छ ।
अतः धर्म संस्कृति दुवै मानव समाजलाई दिशा दिने सभ्य बनाउन र जीवनको गहिराई बुझ्न मद्दत गर्ने प्रणाली हुन, जुन परिवर्तनशील हुन्छ। समाजलाई सुशासन एकल प्रदान गर्ने महत्वपूर्ण कारक हुन् ।





