बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाल बाथरोगको स्वास्थ्य शिविर

बाल बाथरोगको स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८२, आइतबार

पोखरा/पोखरामा शनिबार सम्पन्न भएको प्रतिरक्षा तथा बाल बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित हुनु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा भएको उक्त कार्यक्रमबाट कास्की सहित ४ जिल्लाका ६९ जना लाभान्वित भएको प्रालिले जनाएको छ ।

पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै गरेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राङ्गणमा सञ्चालन भएको उक्त शिविरमा कास्की सहित, पर्वत, लमजुङ, र बागलुङका गरी ४ जिल्लाका सेवाग्राहीहरुले सेवा प्राप्त गरेका कार्यक्रम संयोजक दीननाथ बरालले बताए । उक्त शिविरमा वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ डा. धर्मागत भट्टराईबाट गण्डकी प्रदेशमै पहिलोपटक पोखरामा ल्याएर शिविर सञ्चालन गरिएको प्रालिका अध्यक्षसमेत रहेका संयोजक बरालले बताए ।

शिविरमा डा.भट्टराईको साथमा पोखरा महानगरपालिका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नयाँ बजार पोखराका डा.बिशाल सुवेदी, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डा. रामजी प्रसाद बरालले समेत सहयोग गरेका थिए ।

यसैबिच, उक्त अवसरमा पोखरा क्लिक प्रा.ल.ले डा.भट्टराईलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पत्रकार बरालले आफ्नो छोरीको उपचारमा पाएको दुःख र हैरानीले मन छोएको स्मरण गर्दै आफ्नो वडामा बाल बाथ रोगीका बिरामी भए भए उनीहरुको लागि केही सहयोग गर्ने प्रतिवद्धत्ता व्यक्त गरे ।

सरकारले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउँदै आएको सन्र्दभमा अब बाल बाथ रोगीका बिरामीहरुलाई समेत उचित राहत उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।
डा. भट्टराईले गण्डकी प्रदेशमै पहिलो पटक बाल बाथ रोग सम्बन्धि शिविर आयोजना हुनुले यस क्षेत्रका प्रतिरक्षा तथा बाल बाथ रोगका बिरामीहरुको थप पहिचान र सचेतना जगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पछिल्लो समय दिनप्रतिदिन बढ्दो पर्यावरणीय क्षयीकरण, अस्तव्यस्त दिनचर्या र सन्तुलित भोजनप्रतिको वेवास्ताका कारण मानव स्वास्थ्यमा असमयमै विविध प्रतिरक्षासम्बन्धी समस्या देखापर्न थालेकाले त्यसैलाई मध्यनजर गर्दै प्रतिरक्षा तथा बाल बाथरोगको पहिचानमा देखिएका समस्या, रोग पहिचानपछि निदानमा आइपर्ने बाधा व्यवधानका बारेमा यस क्षेत्रका जनसमुदायलाई सुसूचित गर्न सकियोस् भन्ने शिविरको मुख्य उद्देश्य रहेको प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->