बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसमा हाल अध्ययनरत र पुर्व विद्यार्थीहरुको एक समूहले मौतिक हकको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नागरिक नेटवर्क बागलुङको व्यानरमा उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राजनीतिक दलको भातृ संगठनमा आवद्द भएका र नभएकाहरु मिलेर सांकेतिक रुपमा सरकारको विरोध समेत गरे । बुधबार एक कार्यक्रममार्फत उनीहरुले राज्यले शिक्षक लगायतका विभिन्न पेशागत क्षेत्रको आन्दोलनमा गरेको हस्तक्षेपको विरोध गरेका थिए ।
उनीहरुले राज्यका निकायलाई निशुल्क शिक्षा कायम गर्नुपर्ने, संविधानको सम्मान गर्नुपर्ने लगायतका ध्यानकर्षण गराएका हुन् । धौलागिरि बहुमुखी क्याम्पसबाट निस्केको पदयात्री टोलीले लोकतन्त्र चोकमा पुगेर कोणसभा समेत आयोजना गरियो ।
उक्त कार्यक्रममा नेटवर्कका अगुवा दिनेश सापकोटा र पुनम शर्माले मन्तव्य राखेका थिए । उनीहरुले राजनीतिक दलको नेतृत्वमा नबसी स्वतन्त्र नागरिकको रुपमा रही सचेतना अभियान चलाउने लगायतको धारणा राखेका थिए । पछिल्लो समय दलमा आबद्द कार्यकर्ताले पनि स्वतन्त्र रुपमा देखिन थालेका छन् ।





