बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सरकार र शिक्षकबीच ९ बुँदे सहमतिसंगै सरकारलाई थपियो ८ अर्ब दायित्व

सरकार र शिक्षकबीच ९ बुँदे सहमतिसंगै सरकारलाई थपियो ८ अर्ब दायित्व


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८२, बुधबार

काठमाडौं / आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ। सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री रजुजी पन्तले निर्णयहरू सार्वजनिक गरेका हुन्।

वार्तापछि पत्रकार सम्मेलनमा शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने उनले जानकारी दिए। यो रकम शिक्षकको सेवा सुविधामा खर्च हुने हो । त्यस्तै, शिक्षक कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन् । अब शिक्षक–कर्मचारीको उपचार निजामती अस्पातलबाट छुट पाउने छन् । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले पारित गरेको छ ।

सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार जानकारी लिने गरेको, निर्देशन दिने गरेको भन्दै शिक्षामन्त्री पन्तले धन्यवाद दिए। ‘हाम्राबीचमा सहमति भएलगत्तै क्याबिनेट बैठक बसेको थियो। हामीले प्रधानमन्त्रीज्यूलाई यस्तो सहमति भएको छ भनेर सुनायौँ’ मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै शिक्षामन्त्री पन्तले भने, ‘प्रधानमन्त्रीले ठीक छ, तपाईंहरू अगाडि बढ्नुहोस् भन्नुभयो।’ पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकसहित नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगाउत शिक्षक नेताहरू सहभागी थिए।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबारदेखि सडक आन्दोलन नहुने बताए। सहमतिपछि बिहीबारदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन सहज हुने अपेक्षा गरिएको छ। सहमति कार्यान्वयनको प्रगति र शिक्षा ऐनको मस्यौदा निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको शिक्षामन्त्री पन्तले बताए।यससँगै ठप्प रहेको स्कुल भोलिदेखि खुल्ने भएका छन्।

‘नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरुसमेत निर्णय भई आएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं। आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->