शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जिसस कास्की र बालगृह संचालकसंग छलफल

जिसस कास्की र बालगृह संचालकसंग छलफल


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८२, आइतबार

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बालगृहका संचालकहरूसंग आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै सम्पूर्ण बालगृहमा कार्यरत मजदुरहरूलाइ अनिवार्य नियुक्तिपत्र सहित सरकारले तोकेको न्युनतम पारिश्रमिक प्रदान गर्न र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने ब्यबस्था भए अनुसार सोही अनुसार कार्यगर्न आग्रह गरे ।

पौडेलले बालश्रम रहित बालगृह बनाउन आग्रह गर्दै सुरक्षित र ब्यबस्थित बालगृह निर्माणका लागि आ आफ्नो क्षेत्रबाट कार्य सम्पादन गर्नुपर्ने बताए । उनले बालगृहसहित राज्यद्वारा नियन्त्रित र निर्देशित सबै निकाय मानव अधिकारको पूर्ण पालना सहित श्रम ऎन ,कानुन र निर्देशिकाको पूर्ण पालनामा थप गम्भीर हुनुपर्ने उल्लेख गरे ।

श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले बालश्रम रहित प्रदेश बनाउनेतर्फ सबैजना केन्द्रित हुनुपर्ने भन्दै श्रम ऎन,न्युनतम पारिश्रमिक सहित र सबै कामदारलाई सामाजिक सुरक्षा कोषमा ल्याउनु पर्ने अन्यथा कानुन बमोजिम कारबाही हुने बताए । कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले कास्कीका बालगृहहरूको बर्तमान अबस्था र चुनौतीका बारेमा जानकारी दिए । राष्ट्रिय बाल अधिकार परिषद् काठमाडौको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल र स्वागत उपप्रमुख सरिता माल तथा सहिजकरण जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
कार्यक्रममा कास्की जिल्लामा संचालित बालगृहका संचालकहरू ,सरोकारवाला र नियामक निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->