सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘जलवायुमैत्री विकासका योजना बनाऔं’

‘जलवायुमैत्री विकासका योजना बनाऔं’


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८२, सोमबार

बागलुङ/सडक पुर्याउने नाममा दुइचार घर भएको स्थानमा लाखौं खर्चेर डोजर लगाइन्छ । योजनाबद्द काम नगरी जथाभावी काम गरिन्छ । प्लाष्टिकजन्य फोहोरको अव्यवस्थित बिर्सजन भैरहेको छ । रैथाने बाली लगाउन छाडेर हाइब्रिड शुरु भयो ।

यी कामले हाम्रो जलवायुमा नकारात्मक असर परिरहेको छ । त्यसो त तापक्रम बढ्नुमा विकसित देशहरुले जथाभावी वनजंगल नास्ने, कार्वन उत्र्सजन हुने खालका ठूल्ठूला उद्योगधन्दा संचालन गर्ने काम हो । तर त्यसको असर भने नेपाल जस्ता विकाससिल देशमा परिरहेको छ ।

केही वर्षदेखि पृथ्वीमा जलवायु परिवर्तनको असर देखिन थालेको छ । त्यसैले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नेपाल सरकारले राष्ट्रिय अनुकुलन कार्यक्रम बनाएको छ । तर स्थानीय तहमा नीति र कार्यक्रम बन्न नसक्दा बजेट विनियोजनदेखि कार्यक्रम संचालनमा असर परेको छ । स्थानीय स्तरमा कार्वन उत्सर्जन कम गर्नेदेखि अनुकुलित विकास गर्ने कार्यक्रम संचालन हुन सकेका छैनन् ।

गैरसरकारी संस्था महासंघ बागलुङले ती समस्याबारे जानकारी गराएर आगामी योजना निर्माणमा जनप्रतिनिधिको चासो बढाउन पालिका स्तरीय अभिमुखीकरण गरेको छ । आइतबार महासंघले बागलुङ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई पनि जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतनामूलक अभिमुखीकरण गरेको हो । उक्त अवसरमा जनप्रतिनिधिलाई वातावरणमैत्री योजना बनाउन माग समेत गरिएको हो । कार्यक्रममा वडा स्तरमा संचालन हुने हरेक योजनामा वातावरण अनुकुलित काम गर्नुपर्ने सुझाव पनि दिइएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले विकसित देशले गरेको कामको दुश्परिणाम विकासशिल देशले भोग्नुपर्ने दुर्भाग्य भएको बताए । उनले साना देशहरुको संगठन बनाएर शक्तिराष्ट्रलाई दवाव सिर्जना गर्नुपर्ने धारणा राखे । उनले कार्वन उत्र्सजन गर्ने देशले नेपाल जस्ता देशलाई सहयोग बढाउनुपर्ने पनि बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले जथाभावी सडक बनाईएका सडक नै एम्बुस बन्ने काम रोक्नुपर्ने धारणा राखे । उनले रैथाने बाली जोगाउनुपर्ने, पानीका मुहान संरक्षण गर्ने काममा वडा अध्यक्षहरुले समेत चासो राख्नुपर्ने बताए ।

कार्यक्रममा गैसस महासंघ बागलुङका उपाध्यक्ष मणीभद्र शर्माले जलवायु परिवर्तनको असरबारे प्रस्तुतीकरण गरेका थिए । त्यसका लागि हरेक पालिकाले अनुकुलित योजना बनाउनुपर्ने धारणा राखे । आजकल देखिएको अनावृष्टी, अतिवृष्टी, खण्ड वृष्टी र हिमालमा हिउँ नपर्ने असर देखिइसकेको उनले बताए ।

गैसस महासंघले हरेक पालिका तहमा नीति निर्माण, योजना निर्माण र कार्यान्वयन गर्दा वातावरण अनुकुलित गर्ने, उत्थानशिल विकास गर्ने र कार्वन उत्सर्जनमा कमी ल्याउने खालका काम गर्नुपर्ने सुझाव समेत दिएको छ ।

महासंघले जिल्लाका १० पालिकासहित गण्डकी र बागमती प्रदेशका १९ जिल्लाका १ सय ५१ पालिकामा संचालित ‘जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतना अभियान’ समेत संचालन गरिरहेको छ । त्यसका लागि गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजना समेत संचालनमा छ ।

यो अभियानका लागि वन विभाग, एआइएनसी, आइयुसिएन, ग्रिन क्लाइमेट फन्ट र गैसस महासंघ सक्रिय छन् । संघिय तहमा बनेको कार्यक्रमलाई जनस्तरमा लगेर कार्यान्वयन गराउनका लागि पालिकाको नीति निर्माण तहलाई झकझक्याएको गैसस महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->