शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पौडी खेल्ने क्रममा सेतीमा बेपत्ता बागलुङका युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकाल्यो

पौडी खेल्ने क्रममा सेतीमा बेपत्ता बागलुङका युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकाल्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८२, सोमबार

पोखरा/ पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ । पोखरा–१४ खाल्टेमसिनास्थित सेती नदीमा पौडी खेल्ने क्रममा बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–३ स्थायी घर भई हाल पोखराको मझेरीपाटनमा बस्दै आएका १८ वर्षीय युवराज विक सोमबार दिउँसो करिब २ बजे नदीमा डुबेर बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको नेतृत्वमा खटिएको गोताखोर टोलीले घटनास्थलको करिब १८ फिट गहिराइबाट करिब डेढ घन्टापछि शव निकाल्न सफल भएको हो । सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार गोताखोर टोलीको सक्रियतामा मृतकको शव उद्धार गरिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->