
पोखरा/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा डिल्ली आचार्य चयन भएका छन् । महासंघको गत शनिवार सम्पन्न दोस्रो अधिवेशनले आचार्यको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेकाे हाे ।
समितिको खुला उपाध्यक्षमा रबिन्द्र बस्ताकोटी, महिला उपाध्यक्षमा राधिका रेग्मी, सचिव प्रितम थापा, उपसचिव (महिला) नितु गुरुङ, उपसचिव (खुला) ओमबहादुर महतो, कोषाध्यक्ष अर्जुन क्षेत्री रहेका छन् । यसैगरी त्यसैगरी खुला सदस्यतर्फ डा. रोशन पंगेनी, चन्द्रकान्त यादव, प्रविण खनाल, सन्तोषबाबु सुवेदी, केशव पौडेल, विष्णुनाथ सापकोटा र उमेश सर्बुजा निर्वाचित भएका छन्। महासंघले प्रदेशभरका स्वास्थ्यकर्मीहरूको हकहितका विषयमा आवाज उठाउँदै आएको छ। अधिवेशनमा प्रदेशका १० जिल्लाका १२४ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख एवं महासंघ इन्चार्ज तथा पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता यसअघिका अध्यक्ष निरोजकुमार श्रेष्ठले गरेका थिए ।





