शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ओलीजीले गठबन्धनमा कुनै समस्या ल्याउनुभएको छैन: देउवा

ओलीजीले गठबन्धनमा कुनै समस्या ल्याउनुभएको छैन: देउवा


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०८२, मंगलबार

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्। गठबन्धनमा समस्या उत्पन्न भएको र सरकार परिवर्तन हुने हल्ला चलिरहेका बेला गठबन्धनका प्रमुख घटक कांग्रेस सभापति देउवाले गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन्।
पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म गठबन्धनमा कुनै समस्या नल्याएको दाबी गरे। ‘अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ। उहाँले (ओलीले) गठबन्धनमा कुनै समस्या पनि क्रियट गर्नुभएको छैन,’ उनले भने।
सभापति देउवाले गभर्नर नियुक्तिको समस्या पनि प्रधानमन्त्रीले नल्याएको बताए। बरु प्रधानमन्त्री ओलीले गभर्नर कांग्रेसलाई दिइसकेको उनले दाबी गरे।
‘गभर्नर नियुक्ती समस्या त राष्ट्र बैंककै कारणले भइराखेको छ। ओलीजीले नियुक्ति ढिलाइ गर्नुभएको होइन। उहाँले त गभर्नर कांग्रेसलाई दिइसक्नुभएको छ,’ सभापति देउवाले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->