बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विद्यार्थी पाएकोमा पिएनको इतिहास विभाग मख्ख

विद्यार्थी पाएकोमा पिएनको इतिहास विभाग मख्ख


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८२, बुधबार

पोखरा/पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागले विद्यार्थीको लािगठ शोधपत्र (थेसिस) लेखन कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यशालामा इतिहास विषय अध्ययनरत स्नातकोत्तर तह चौथो र तेस्रो सेमेष्टरका विद्यार्थी सहभागी थिए ।

गोष्ठीमा निवर्तमान विभागीय प्रमुख वसन्त पराजुलीले इतिहास अध्ययनको महत्व जति छ, त्यसको चर्चा जति गरे पनि अपुग हुने बताए । विभागीय प्रमुख सहप्राध्यापक नारायण ढकालले केही वर्षअघिसम्म विद्यार्थी नै नभएको विभागमा विद्यार्थी आएकोमा खुसी जताए ।

प्रमुख प्रशिक्षक सहप्राध्यापक अर्जुनबहादुर भण्डारीले ऐतिहासिक समयको अनुशीलनले वर्तमान अवस्थामा त्यसले पारेको प्रभावबारे शिक्षा प्राप्त गरी भविष्यमा अपनाउनु पर्ने सतर्कताबारे सचेत गराउने विषय इतिहास रहेको बताए ।

सहप्राध्यापक डा. दीर्घमान गुरूङले इतिहास विभागको पाठ्यक्रमलाई समय समयमा सुधार गरी समय उपयोगी बनाउन जरुरी रहेकोमा उनले जोड दिए ।
उपप्राध्यापक तथा प्रशिक्षक चन्द्रकान्त पौडेलले जुन मुलुकले इतिहासको अध्ययनलाई महत्व दिएर आफ्नो सभ्यता र संस्कृतिलाई इतिहासबाट पाठ सिक्दै जगेर्ना गर्ने प्रयत्न गरेको हुन्छ, त्यो देशले विकासमा फड्को मारेको बताए ।

दुई दिवसीय गोष्ठीमा प्रमुख प्रशिक्षक सहप्राध्यापक अर्जुनबहादुर भण्डारी, सहप्राध्यापक डा. दीर्घमान गुरूङ, उपप्राध्यापक चन्द्रकान्त पौडेल, लक्ष्मण श्रेष्ठ, तोयनारायण देवकोटासहित इतिहासका विद्यार्थी एवं पोखरा युनिभर्सिटीका एशोसियट प्रोफेशर कोमल मल्लले शोधप्रस्ताव लेखन विधिबारे प्रशिक्षण दिएका थिए ।

विभागीय प्रमुख नारायण ढकालको अध्यक्षतामा भएको गोष्ठी शुभारम्भ कार्यक्रममा उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत र तोयनारायण देवकोटाले सञ्चालन गरेका थिए । विद्यार्थीका तर्फबाट बोल्दै विपिन आचार्यले कार्यशाला गोष्ठी निकै उपयोगी बनेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->