शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

१० वटा विद्यालयलाई टेलिकमको निशुल्क इन्टरनेट

१० वटा विद्यालयलाई टेलिकमको निशुल्क इन्टरनेट


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८२, बुधबार

पोखरा/नेपाल टेलिकम दूरसञ्चार कम्पनी लिमिटेड कार्यालय पोखराले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउँदै दूरसञ्चार सेवाको पहुँच बृद्धि गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशका विभिन्न १० वटा सामुदायिक विद्यालयमा निशुल्क इन्टरनेट सेवा उपलव्ध गराएको छ । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तर्गत ग्रामीण एवम् पिछडिएको क्षेत्रका विद्यार्थीले इन्टरनेटको माध्येमबाट पठनपाठनलाई सहज बनाउन टेलिकमले ५० एमवीपीएस गतिको एफटीटीएच इन्टरनेट सेवा एक वर्षसम्मका लागि निःशुल्क उपलव्ध गराएको हो ।

पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयलाई राउटरसहितको फोरजी इन्टरनेट प्याकेज हस्तान्तरण कार्यक्रममा टेलिकम कार्यालय पोखराका कार्यवाहक प्रमुख विकास राज तिमिल्सिनाले उक्त जानकारी दिए ।

टेलिकमले हालसम्म सरास्वती मावि स्याङजा, वालमन्दिर मावि गोर्खा, त्रिभुवन मावि सुन्दर बजार लमजुङ, रामशाह मावि आँपुखैरेनी तनहुँ र मुक्तिधाम वृद्धाश्रम शुक्लागण्डकी तनहुँ एवम् वागलुङमा तीन, नवलपुरमा दुई विद्यालयमा निशुल्क सेवा उपलव्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->