शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पोखराका वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासतमा राख्न अनुमति

पोखराका वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासतमा राख्न अनुमति


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०८२, बिहिबार

पोखरा / कर्मचारी र व्यवसायीलाई हातपात गरेर पक्राउ परेका पोखरा महानगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई ३ दिन म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहार मुद्दामा वडाध्यक्ष पराजुलीलाई ३ दिन म्याद थप गरिएको हो ।
बुधबार पक्राउ परेका पराजुलीको म्याद शुक्रबार सकिनेछ । वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए ।

सोही दिन फुटपाथमा सामान राखेको भन्दै वडाध्यक्षले व्यवसायी सुवेदीलाई पनि हातपात गरेका थिए । सोही हातपातका कारण महानगरका कर्मचारीले बुधबार महानगरको सेवा ठप्प पारेका थिए । यस्तै व्यवसायी सुवेदीले भने वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->