शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

हावाहुरीले फेवातालमा डुंगा पल्टिँदा फसेका भारतीयसहित ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

हावाहुरीले फेवातालमा डुंगा पल्टिँदा फसेका भारतीयसहित ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०८२, बिहिबार

पोखरा/  फेवातालमा आएको हावाहुरीका कारण स्ट्याण्डिङ डबल प्याडल बोट पल्टिँदा तालमा फसेका ७ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार उनीहरुलाई उद्धार गरेको हो ।

बोटिङ गरिरहेका बेला आएको हावाहुरीका कारण भारतका २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रविण दिक्षित, २४ वर्षीय श्याम प्रजापति तथा पोखराकै नन्दबहादुर गुरुङ तालमा फसेका थिए। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको टोली परिचालित गरिएको थियो। उद्धारपछि नन्दबहादुर गुरुङको स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ। अन्य ६ जनाको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->