सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विश्व रेडक्रस दिवस बागलुङमा पनि मनाइयो

विश्व रेडक्रस दिवस बागलुङमा पनि मनाइयो


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०८२, बिहिबार

बागलुङ/मानवताको पक्षमा भन्ने मुल नाराका साथ बिश्व रेडक्रस दिवस बागलुङमा पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङ लगायत क्रियाशिल उपशाखाहरुले बिभिन्न रचनात्मक तथा सन्देश मुलक कार्यक्रम गरि दिवस मनाएका हुन् ।

जिल्ला शाखा बागलुङले जुनियर युवा रेडक्रस सर्कलका युवा बिद्यार्थी, शाखा तथा उपशाखाका पदाधिकारी सदस्यहरुको सहभागीतामा बागलुङ बजारमा सन्देश मुलक र्याली गरेको थियो । बिभिन्न नारा सहित व्यानर तथा प्लेकार्ड सहित बागलुङ बजारको समिटचोकदेखि शुरु भएको र्यालीले बजार परिक्रमा गरि शाखा कार्यालय उपल्लाचौर परिषरमा पुगेर संस्थापक हेनरी ड्युनाको फोटोमा माल्यापर्ण गरि समापन गरिएको थियो । सो अवसरमा शाखा सभापति जगन्नाथ आचार्यले धन्यावाद मन्तव्य व्यक्त गरेको उपसभापति राजेन्द्र आचार्यले जानकारी दिए ।

यसैबिच विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाले मानवसेवा आश्रममा दुई थान ह्विल चियर प्रदान गरेको थियो । उपशाखाका सभापति मातृका आचार्य, संस्थापक सभापति शिवप्रसाद सापकोटा, जिल्ला शाखा सभापति जगन्नाथ आचार्य, उपसभापति राजेन्द्र आचार्य, मन्त्री भुवानी प्रसाद कँडेल लगाएतले ह्विल चियर प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->