पोखरा/पोखरा ७ मासबारमा रहेको महिला विकासका लागि आमा समूहकोे नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालयको सहकार्यमा आयोजित तालिमको उद्घाटन सत्रमा बोल्दै सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले महिला सशक्तिकरणले नेतृत्व विकास हुने बताउँदै स्थानीय तहमा संक्षम नेतृत्व निमार्णमा सघाउ पुग्ने बताए । उनले आवश्यक परे आमा समुह भवन र किरियापुत्री भवन सवलीकरणमा सघाउने प्रतिवद्धता पनि जनाए ।
पोखारा ७ का वडा अध्यक्ष राममोहन आचार्यले आगामी वर्षको वजेट निमार्ण चरणमै भएकोले आवश्यक योजना माग गर्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस पोखरा ७ का सभापति नविनराज बराल, संस्थाका वरिष्ठ सल्लाहकार एवम समाजसेवी शोभाचन्द्र बराल, मासबार आमा समूहका अध्यक्ष शारदा गिरीलगायतले मन्तव्य राखेका थिए ।
समूहका अध्यक्ष तुलसी बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष अन्जु पण्डित र संचालन सचिव कमला बरालले गरेका थिए । तालिमको सहजिकरण पत्रकार दुर्गा अधिकारीले गरेकी थिइन् ।





