आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने

बागलुङमा जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८२, शुक्रबार

बागलुङ/बिभिन्न विधामा झण्डै एक सय विद्यार्थी छनोट गर्नेगरी बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले आगामी जेठ ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

प्राविधिक तथा व्यवस्थापकीय कारणले अनिश्चित जस्तै बनेको प्रतियोगिता समितिले अन्तिम समयमा सञ्चालन गर्न लागेको हो । जेठको दोस्रो साता प्रदेश र अन्तिम साता राष्ट्रिय स्तरमा प्रतिस्पर्धा हुँदैछ । प्रदेश खेलकुद परिषदको परिपत्रपछि स्थानीय सरकारसँगको सहकार्यमा प्रतियोगिता सञ्चालन गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले जानकारी दिए ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले प्रतियोगिताका लागि बजेटको व्यवस्था नगरेकाले खेल अनिश्चित बनेको थियो । स्थानीय तहले आर्थिक भार बहन गर्ने र समितिले खेल व्यवस्थापन गर्नेगरी जिल्ला स्तरीय छनोट हुन लागेको हो ।

“खेलकुद सञ्चालन नगर्दा राष्ट्रिय स्तरमा पुग्न सक्ने खेलाडीको भविश्य धरापमा पर्ने, सञ्चालन गर्दा बर्खा लागेपछि हिलो र धुलोमा खेल खेलाएको भन्दै आलोचना खेप्नुपर्ने छ” कँडेलले भने, “हामीले कयौं चुनौतीका बाबजुद पनि खेल सञ्चालन गर्दै छौं ।”

बाङ्गेचौरमा हुने खेलहरुमा झण्डै एक हजार एक सय विद्यार्थी सहभागि हुने छन् । पालिकास्तरमा छनोट भएका खेलाडीबीच हुने प्रतिस्पर्धाबाट प्रदेश स्तरमा खेल्ने खेलाडी छनोट जिल्लाले गर्ने छ । साढे सात लाख रुपियाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि साढे पाँच लाख रुपियाँ स्थानीय तहहरुले व्यहोर्ने र बाँकी चन्दा सहयोगबाट स्रोत जुटाईने समितिका सचिव किशोर थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->