बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

वडाध्यक्ष गुरुङको परिवारबाट विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष

वडाध्यक्ष गुरुङको परिवारबाट विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८२, शनिबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

वडाध्यक्ष गुरुङकी आमा विवीकुमारी गुरुङ, दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङसहितको उपस्थितिमा स्व. बुबा अमरबहादुर गुरुङ र दाजु स्व धनबहादुर गुरुङको स्मृतिमा स्थानीय वीर आधारभूत विद्यालयमा अक्षय कोष स्थापना गरेका हुन् । गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक बिकासमा सहयोग पुग्ने सोंचका साथ गुरुङको परिवारले उक्त रकमको चेक प्रधानाध्यापक विन्दु सुवेदीलाई शुक्रबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरे ।

कार्यक्रममा वडाध्यक्ष गुरुङले बुबा र दाजुको सम्झनामा विद्यालयका विद्यार्थीहरूको शैंक्षिक विकासमा सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बताए । सोही अवसरमा विद्यालयका सल्लाहकार समेत रहेका समाजसेवी सुवेदारमेजर जगबहादुर गुरुङले विद्यालयलाई नगद पचास हजार रुपैया सहयोग गरे । यस्तै अर्का समाजसेवी रामबहादुर गुरुङ ढल्केले नगद पन्ध्र हजार रुपैया सहयोग गरका थिए । उक्त अवसरमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल र राइजिङ स्टार युवा क्लबका अध्यक्ष यमप्रसाद गुरुङले दाताहरुलाई धन्यवाद दिदै रकमको सदुयोग हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->