बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आँखा स्वास्थ्यको क्षेत्रमा सवलीकरण आवश्यक : मन्त्री पाठक

आँखा स्वास्थ्यको क्षेत्रमा सवलीकरण आवश्यक : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८२, शनिबार

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले आँखा स्वास्थ्य क्षेत्रमा सवलीकरण आवश्यक रहेको बताएका छन् ।

नेत्रज्योति संघ कास्की, हिमालय आँखा अस्पताल पोखरा र आई केयर फाउन्डेसन नेपालद्धारा पोखरामा आयोजित वार्षिक समिक्षा तथा आगामी कार्ययोजना सम्बन्धि दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दे मन्त्री पाठकले आँखामा आउने सानो समस्याले पनि विकराल रुप लिन सक्ने भएकाले यसको उचित स्याहार जरुरी रहेको बताए ।

‘चोटपटक लागेर मात्र नभई अन्य विभिन्न कारण आँखा खराव हुने भएकाले समय समयमा आँखाको जाँच गराउन आवश्यक छ’ मन्त्री पाठकले भने, ‘मानव अंगको अति नै संवेदनशिल अंग आँखा रहेकाले यस क्षेत्रको सवलीकरण गर्न प्रदेश सरकार प्रतिवद्व छ ।’ स्वास्थ्यका विभिन्न क्षेत्रमध्ये आँखा स्वास्थ्य पनि एउटा महत्वपूर्ण क्षेत्र भएकोले यसतर्फ राज्यको उल्लेखनीय ध्यान पुग्नुपर्ने मन्त्रालय सचेत रहेको पाठकले बताए ।

प्रदेशमा आँखा स्वास्थ्यको क्षेत्रलाई थप सवलीकरण गर्न आगामी आर्थिक वर्षभित्र प्रदेश आँखा नीति निर्माण गरिने मन्त्री पाठकले प्रतिवद्वता व्यक्त गरेका छन् । आँखा सुरक्षामा नागरिक स्वयं सजग रहनु पर्ने उल्लेख गर्दै यस क्षेत्रमा नेपाल नेत्रज्योति संघ, हिमालयन आँखा अस्पताल र आई केयर फाउन्डेसन नेपालले पुर्याएको योगदानको मन्त्री पाठकले प्रशंसा गर्दै सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

गण्डकी प्रदेश सरकार समग्र स्वास्थ्य क्षेत्र सुधारको अभियानमा लागेको र यसै उद्देश्यको लागि अस्पतालहरुको स्तरोन्नति गर्न लागिएको समेत मन्त्री पाठकले दोहोर्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->