सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

फोटो भिडियोग्राफीमा महिलालाई अवसर

फोटो भिडियोग्राफीमा महिलालाई अवसर


  • राजु खड्का
  • जेष्ठ ५ २०८२, सोमबार

फोटो भिडियो प्रायः हामी सबैले खिचिरहेकै छौं । झन् आजकल त सबैको हात–हातमा मोबाइल रहेपछि फोटो तथा भिडियोको सौखिन धेरै देख्न सकिन्छ । तर हाम्रा त्यहिं खिचाईहरुलाई अब सृजनशिल बनाउन जरुरी छ । पेशागत मोटिभेसन र क्रियटिभिटी जरुरी छ । हामी जानी–नजानी फोटो भिडियोग्राफी दुनियाँमा छौं । व्यक्तिका खुशी र उमंग व्यक्त गर्ने विषेश पक्ष आज यही बनेको छ । विशेषगरी सामाजिक सन्जालमा फोटो भिडियोको व्यापक प्रयोग भैरहेको छ । सन्जालमार्फत आफ्ना गतिविधीहरु अपडेट गर्न फोटो भिडियो प्रभावकारी मानिदैछ ।

फोटो भिडियो दस्तावेज पनि हो । जीवन्त विधा हो भन्दा फरक नपर्ला । यसले यथार्थ र सत्य बोल्छ । तथ्यको उद्घघाटित गर्दछ । त्यसैले शब्दभन्दा बढी प्रभाव यसले राख्न सक्छ । फोटो भिडियो खिच्नु अब सौख मात्र हैन, विशेष पेशा, सिप र व्यवसाय हो । भ्रमण, अफिसियल डकुमेन्ट, सार्बजनिक कार्यक्रम समारोह, वार्षिकोत्सव, विवाह, व्रतबन्ध, बर्थ डे सहितका पारिवारिक, व्यवसायिक तथा मनोरन्जनात्मक आदी क्षेत्रमा यसको अत्याधिक र अनिवार्य प्रयोग छ । यस्ता कार्यक्रमहरुमा व्यवसायिक फोटो भिडियोग्राफरहरुलाई बोलाउन थालिएको छ ।

फोटो स्टुडियो खोलेर थोरै लगानीमा बढि लाभ लिन सकिने व्यवसाय हो यो । फोटो पत्रकारिता, यूट्युवरदेखि फिल्म क्षेत्रसम्म पहुँच पुर्याउने सम्भावना यसमा संलग्नहरुको हुनसक्छ । त्यसैले पछिल्लो समय युवाहरुको अत्याधिक माग र चाहनामा यो क्षेत्र छ । आज फोटो भिडियो बेचेर मनग्य आम्दानी गर्ने युवाहरु क्रमशः बढ्दै छन् । यसै सन्दर्भलाई जोडेर बागलुङ नगरपालिकाले यसै महिनामा महिलाहरुका लागि फोटो भिडियोग्राफी तालिम संचालन गर्न गैरहेको छ ।

तालिमले युवाहरु खासगरी महिलालाई पनि पुरुष सरह पेशा व्यवसायमा जोडेर क्रियाशिल र आत्मनिर्भर बनाउन सघाउ पु¥याउने विश्वास हामीले लिएका छौं । महिलाहरुलाई समयानुकूल दक्ष र आत्मनिर्भर बनाउन, प्रविधिको उच्चतम् प्रयोगमा प्रोत्साहन गर्न, महिला सशक्तिकरण र नेतृत्व विकासमा समेत यो तालिमले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा लिएका छौं । महिलाहरुका लागि परम्परागत रुपमा हुदै आएका अन्य तालिमभन्दा यो तालिम सम्मानित र मनोरन्जनात्मक हिसाबले पनि केही विशेष हुने अपेक्षा हाम्रो छ ।

साँच्चै भन्दा समय सापेक्ष, युग सुहाउँदो र लाभदायक हुने विश्वास छ । हामीले व्यवसायिक रुपमा अत्यन्तै कमै महिलाहरुले मात्र क्यामरा समाएको देखेका छौं । सार्वजनिक स्थानमा प्रायः पुरुषले महिलाको फोटो भिडियो खिचेर त्यसको उत्कृष्टताको खोजी गरिरहेको समाजमा अब महिलाले खिचेको फोटो भिडियोको मापनले विशेष अर्थ राख्ने अपेक्षा लिएको छ । फोटो भिडियोग्राफीको संसारमा ब्यवसायिक रुपमा महिला अब्बल ठहरिने छन् ।

अहिलेका युवाहरु खासगरी महिलालाई सीप तथा प्रविधिमैत्री तालिम अभावमा विदेशिनु पर्ने बाध्यता रहेको छ । हामीले महिलाहरुलाई आफ्नै ठाउँमा बसेर व्यवासायिक सीप सिकाएर काम गर्ने उपयुक्त वातावरण तयार गर्न धेरै योजना बनाउन जरुरी छ । यो तालिमले पक्कै पनि सानो र सीमित भए पनि महिलाहरुका लागि योगदान दिन सक्छ भन्ने मलाई लाग्छ ।

यो तालिम आधारभूत तथा क्षमता विकाससम्बन्धी दक्षता अभिबृद्धि गरी यस क्षेत्रमा भविष्य देख्नेहरुका लागि निकै सहयोगी बन्न सक्छ । प्रविधी र सीपमा युवाहरुलाई जोड्दै स्वदेशमा अवसरको सम्भावना छ भन्ने सन्देश प्रवाह गर्न पनि दरिलो उदाहरण बन्न सक्छ ।
फोटो भिडियोको महत्व अत्यन्तै बढ्दै गैरहेको छ । हजारौं शब्द खर्चेर बर्णन गर्न नपर्ने गरी एउटा फोटो सार्वजनिक गरे पुग्छ । परम्परागत रुपमा खिचिने फोटो र भिडियोमा पछिल्लो समय ठुलो परिवर्तन आएको छ । ब्यवसायिक वातावरणसंगै आम्दानी र दक्षताले आज फोटो भिडियोले विश्व जगतमा चर्चा कमाउँछ । फोटो भिडियो खिच्नेको तारिफ हुने गर्छ ।

समयले फोटो भिडियोग्राफी गर्न चाहनेहरुलाई व्यवसायिक रुपमा केही ट्रिक्स अपनाउनु पर्ने बनाएको छ । जस्तैः फोटोमा म्यानुअल फोकसको प्रयोग, राम्रो ब्राइटनेसका साथै एक्सपोजर मिलाउने, पोट्रेट मोडको प्रयोग, फोटो ग्राफीको समयमा क्यामेरालाई स्टील अवस्थामा राख्ने, राम्रो फ्रेमको लागि रुल अफ थर्डको प्रयोग, कसरी क्यामेरालाई ग्रिडको प्रयोग गर्ने आदी सिक्नलाई तालिमको समयमा सहभागीले उच्च महत्व दिनुपर्ने हुन्छ नै । फोटो खिच्ने पोजिसन र स्थान, मेकअप, लाइट, जुम आदिमा विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ ।

हामीले बुझ्नै पर्ने कुरा यो पनि छ कि सामान्य क्यामेराले पनि प्रभावकारी र असमान्य फोटो भिडियो खिच्न सकिन्छ । फोटोग्राफी सुन्दर कला हो । यो कलामा रुचिपूर्वक पोख्त भएमा व्यवसायी बन्ने भएकाले तालिममा स्वागत गर्दै तालिम पछिका दिन सफल र व्यावसायिक बनून् शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->