बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कन्या क्याम्पस अनुसन्धानमूलक कार्यशाला

कन्या क्याम्पस अनुसन्धानमूलक कार्यशाला


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८२, मंगलबार

पोखरा/अनुसन्धान ब्यबस्थापन विभाग, कन्या क्याम्पस पोखराकोको आयोजनामा ३ दिने प्राज्ञिक लेखन तथा प्रकाशन कार्यशाला सुरु भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित तीन दिने कार्यशालामा पोखरा महानगरपालिकाका १० वटा क्याम्पसहरुवाट ५१ जना सहभागी रहेका छन् ।

आइतबार चार सत्रमा भएको कार्यक्रममा डा. पिताम्बर पौडेलले शीर्षक चयन र परिचय ,सहप्राध्यापक दीपेन्द्र पराजुलीले सैदान्तिक पूर्व कार्यसमीक्षा र मदनप्रसाद बरालले पूर्व अनुसन्धान एवं नीतिहरुको समीक्षा तथा क्षेत्रीय परीक्षा सहनियन्त्रक डा. रामनाथ न्यौपानेले अनुसन्धान विधिहरुको बारेमा सहजीकरण गरेका क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले जानकारी दिए ।

यसअघि, कन्या क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिवलाल मल्लले कार्यशालाको उद्घाटन गरेका थिए । उनले क्याम्पसले सदैव प्राध्यापकहरुको क्षमता अभिवृद्धिमा जोड दिने कार्यक्रममा प्राथमिकता दिइएको र क्यूएएपश्चात यस्ता कार्यक्रमहरुमा थप जोड दिइएको बताए ।

क्याम्पसका प्राध्यापक केशवशरण पराजुलीको सहजीकरण रहेको कार्यशालामा क्याम्पस प्रमुख मानन्धरसहित डा. भूमिराज बस्ताकोटी, प्राध्यापक संघ अध्यक्ष दिननाथ अधिकारीको शुभकामना मन्तव्य पनि समावेश भएको उद्घाटन सत्रका अध्यक्ष तथा अनुसन्धान व्यवस्थापन विभागका प्रमुख भूमिराज पण्डितले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->