शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मापसे र लापसे गरेका प्याराग्लाइडिङ पाइलट पक्राउ

मापसे र लापसे गरेका प्याराग्लाइडिङ पाइलट पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८२, मंगलबार

पोखरा/प्याराग्लाइडिङ साहसिक खेल हो । बिना इन्जिनको प्यारालाई हावाको गतिसँग तालमेल मिलाएर डोरीको सहायताले उडाइन्छ । निश्चित अवधिको तालिम र नागरिक उड्डयन प्राधिकरणले लिने परीक्षा उत्तीर्ण गरेपछिमात्र उसले प्याराग्लाइडिङको व्यावसायिक उडान भर्न पाउँछ । सामान्य भाषामा भन्ने हो भने,व्यावसायिक उडान भनेको यात्रुलाई अगाडि राखेर पाइलटले प्यारा उडाउनु हो । प्यारापाइलटको हातमा स्वयं र यात्रुको जीवन अडेको हुन्छ । पाइलट हरबखत सचेत रहनुपर्छ ।

प्याराग्लाइडिङको लागि पोखरा प्रख्यात छ । यहाँ करिब १६ वटा कम्पनीले व्यावसायिक रुपले यात्रुलाई आकासमा लगेर कावा खुवाउँछन् । करिब १५० जति व्यावसायिक पाइलट यो पेशामा संलग्न छन् । तर,यात्रुलाई हावामा कावा खुवाउने प्यारापाइलट आफैं भने लागुपदार्थ र मादकपदार्थ खाएको अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले सोमबार बिहान प्याराग्लाइडिङ उडान भर्ने पोखरा १८ सराङकोटको तोरीपानी पुगेर गरेको मादक पदार्थ सेवन (मापसे) र लापसे (लागुपदार्थ सेवन) जाँचमा एकजना पाइलट दुवै कुरा सेवन गरेको अवस्थामा भेटिएका हुन् । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया चेकजाँचका लागि आफैं पुगेका थिए ।

‘पाइलटलाई सजग गराउन खोजेको हो । स्वदेशी र विदेशी पर्यटकको आकर्षण रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित तुल्याउने हेतुले नै हामी त्यहाँ पुगेका हौँ । शान्ति–सुरक्षा कायम गर्नु र नागरिकलाई सुरक्षा दिनु हाम्रो दायित्व नै हो,’ एसपी ओलियाले भने, ‘पर्यटन क्षेत्रमा सानो नराम्रो कुरा हुँदा पनि ठूलो असर पुग्छ । अझ आकासमा उडान भर्ने पेशालाई त झन सुरक्षित बनाउनुपर्छ भन्ने ठानेर पाइलटहरुको चेकजाँच गरिएको हो ।’

उनका अनुसार ३९ जना पाइलटहरुलाई मापसे र सोहीमध्येका १५ जना पालटहरुलाई लापसे चेकजाँच गर्दा १ जना पाइलट मापसे.र लापसे दुवै सेवन गरेको अवस्थामा भेटिएका थिए । निजलाई नियन्त्रणमा लिइ कानूनी प्रकृया अगाडी बढाइको उनले बताए ।

‘हामीले गरेको ¥यापिड टेस्ट हो । किटबाट गरेको हो । मापसे जाँच सवैको भयो, लापसे चाहिँ ¥याण्डम गरेको हो । अरुमा देखिएन’ उनले भने, ‘व्यावसायिक उडान गर्ने पाइलट नै रहेछन् । उसलाई पक्राउ गरी कानूनी कारवाही अगाडि बढाइएको छ ।’ पक्राउ पर्ने पाइलट पोखरा १८ तोरीपानीकै विशालबहादुर क्षेत्री रहेका छन् । उनीविरुद्ध लागुपदार्थ सेवनको कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने कास्की प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->