बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि पोखरामा जग्गाको खोजी

नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि पोखरामा जग्गाको खोजी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८२, आइतबार

पोखरा/  नेपालको १४ औँ विश्वविद्यालय नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्न सकिने सम्भावनाको खोजीका लागि पोखरा आइपुगेको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ ।

नगर प्रमुख आचार्यसँगको छलफलमा टोलीले विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि आवश्यक पर्ने जग्गा महानगरपालिका क्षेत्रमा उपलब्ध हुनसक्ने केही सम्भावित स्थानहरूका बारेमा चासो राखेको थियो । सो क्रममा नगर प्रमुख आचार्यले विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्ने विषयमा आफू सकारात्मक रहेको बताए । महानगरपालिकाका केही स्थानहरू विश्वविद्यालयका लागि उपयोग गर्न सकिने भए पनि त्यसको यथार्थ अवस्था यकिन गर्नुपर्ने भएकाले प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र नेपाल विश्वविद्यालयको तर्फबाट एक जना प्रतिनिधिलाई त्यसको जिम्मेवारी तोकिएको छ । छलफलमा डा.अर्जुन कार्की, डा.सूर्यराज आचार्य, इन्जिनियर लाल के.सी, डा.पूर्णकान्त सिलवाल र आर्किटेक ब्रिजेश शाहको सहभागिता रहेको थियो ।

अन्तर विधात्मक अवधारणामा आधारित बहुविषयगत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानमार्फत दक्ष, सृजनशील र प्रतिस्पर्धी मानव स्रोतको उत्पादन गर्न, नवीनतम ज्ञानको सिर्जना र नवप्रवर्तन गर्दै समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्‍याउन विश्वविद्यालय स्थापना गर्न लागिएको उक्त समूहले बताएको छ । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार योसँगै अब नेपाल १४ वटा विश्वविद्यालय हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->