आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल

प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०८२, बुधबार

बागलुङ/नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवशको अवसरमा बुधवार मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

नेपाल पत्रकार महासंघ र पेशागत संगठनका प्रतिनिधि समेतको सहभागितामा युनियनले मैत्रीपूर्ण फुटसल आयोजना गरेको हो । खेलका सहभागिलाई नेपाली कांग्रेस बागलुङका सचिव तथा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले ट्रफी बितरण गरेका थिए ।

उक्त अबसरमा शर्माले आम नागरिक सूसूचित हुन पाउने अधिकारकालागि पत्रकारले गरेका क्रियाकलाप उल्लेख्य रहेको बताए । साथै जिल्लाको बिकास निर्माणमा पनि चासो राखेर ढीलासुस्तीमा खवरदारी गर्ने, राम्रा कामको प्रचार गर्ने गरेको बताए । अझै कतिपय बिषयमा खोजी गरेर बिषयहरु उजागर गर्नपनि सुझाए ।

मैत्रीपूर्ण फुटसलले भातृत्वको विकास गरेको, स्वास्थ्यकालागि पनि उपयोगी भएको युनियनका अध्यक्ष संगम घर्ती मगरले बताए । युनियनका सचिव डम्बर बुढाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->