बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जनप्रियमा जलवायुको चर्चा

जनप्रियमा जलवायुको चर्चा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८२, शनिबार

पोखरा/जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोग युजिसीको सहयोगमा ‘जलवायु परिवर्तनको असर र यसको रोकथाम’ विषयक एक दिवसीय गोष्ठी गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले जलवायु परिवर्तनबारे चेतना अभिवृद्धिका लागि गोष्ठीको महत्व रहने बताए । क्याम्पस प्रमुख कृष्णबाबु बरालले क्याम्पसले शिक्षा, अनुसन्धान र सामाजिक चेतनाको अभिवृद्धिमा निरन्तर काम गर्दै जाने बताए ।

कार्यक्रममा विज्ञका रूपमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वसदस्य डा. सुवास अधिकारीले जलवायु परिवर्तनको वैज्ञानिक पृष्ठभूमि, विश्वव्यापीकरण, दक्षिण एसिया, नेपाल र गण्डकी प्रदेशको सन्दर्भमा यसको प्रभाव, असर र निवारणका उपायबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा १ सय २५ जना शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो। सहभागीका प्रश्न र जिज्ञासालाई डा. अधिकारीले सम्बोधन गरेको उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए । क्याम्पस प्रमुख कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख नवीनराज खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->