आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आदर्श कप फुटबल : न्यु एभरेष्ट एकेडेमी ‘ए’ विजयी

आदर्श कप फुटबल : न्यु एभरेष्ट एकेडेमी ‘ए’ विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८२, शनिबार

बागलुङ/दोस्रो संस्करणको आदर्श कप फुटवल प्रतियोगिताको तेस्रो दिन सम्पन्न पहिलो खेलमा सिद्वार्थ शिक्षा सदनलाई ट्राइबेकरमा निराश बनाउँदै न्यु एभरेष्ट एकेडेमी ‘ए’ ले जित निकालेको छ । पहिलो रोजाईका खेलाडि सम्मिलित एभरेष्ट ‘बि’ले हिजो रुद्रेपिपल माविलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।

सिद्वार्थ शिक्षा सदन र न्यु एभरेष्ट बीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा सिद्वार्थका खेलाडिले गोल गर्दा चुक्दा न्यु एभरेष्टसंग ३–२ गोलको हार व्यहोर्नुपर्यो । न्यु एभरेष्टका लागि सुसन बोहरा, सक्षम बोहरा र नवीन काफ्ले गोल गरे भने निकेश श्रेष्ठको प्रहार सिद्वार्थका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।

पेनाल्टीमा सिद्वार्थका सचिन खत्री, एलेक्स थापा र प्रविन थापा गोल गर्न चुक्दा अमृत कार्की र रिजनले मात्र गोल गर्न सफल भए । सिद्वार्थलाई पराजित गरेको न्यु एभरेष्टले आइतबार हुने खेलमा आयोजक आदर्श विद्यामन्दिर निलोको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->